Logo

Banner-news

मनकामना स्मार्ट आईपीओः ३६ हजारले पाए, १९ लाख १५ हजारको हात रित्तै


GDP Nepal
   २८ असार २०७८, सोमबार


काठमाडौं । प्राथमिक सेयरमा आवेदन दिनेको चाप निकै बढ्न थालेसँगै ससाना कम्पनीले खुलाउने सेयर अधिकांशले नपाउने अवस्था सिर्जना भएको छ । भैरहवामा प्रधान कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयरमा पनि यस्तै भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि बिक्री गरेको साधारण शेयरको सोमबार बाँडफाँड गरियो तर त्यसमा ९८ प्रतिशतको हात रित्तो भएको छ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार १९ लाख ५४ हजार २७४ आवेदकमध्ये ३६ हजार ३४९ जनाले लघुवित्तको शेयर प्राप्त गरेका छन् । २ जनाले भने ११ कित्ता शेयर पाएका छन् ।

लघुवित्तले असार १७ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ८९ हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।जसमध्ये ३ लाख ६३ हजार ४९२ कित्ता मात्रै सर्वसाधारणलाई वितरण गरिएको हो।

प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ८८ पैसा रहेको कम्पनीको प्रतिसेयर आम्दानी ५३ रुपैयाँ हुने अनुमान छ।

प्रकाशित : २८ असार २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह