Logo

Banner-news

देउवाको सत्तारोहणसँगै लगानीकर्ताको मनोबल बढयो, पुँजी बजारमा हरियाली !


GDP Nepal
   २९ असार २०७८, मंगलबार


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने सुनिश्चिततासँगै लगानीकर्ताको मनोबल बढेको छ । उदारवादी छविका देउवा नेतृत्वको सरकार पुँजी बजारमैत्री बन्ने लगानीकर्ताको विश्वासका कारण सेयर बजार परिसूचक नेप्सेमा सुधार आएको छ ।

सेयरबजार परिसूचक नेप्से मंगलबार १६.३४ अंकले बढेर २८७१.०३ अंकमा पुगेको छ । अघिल्लो दिन नेप्से ४५ अंकले घटेको थियो ।

नेपाल स्टक एक्सचेञ्जमा मंगलबार २ सय २३ कम्पनीको १ करोड २३ लाख ४८ हजार ३ सय ८९ कित्ता शेयर ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २ सय २४ रुपैयाँमा कारोबार भयो ।

नयाँ अर्थमन्त्री को आउँछ भन्ने अनिश्चितता रहे पनि समग्रमा कांग्रेस नेतृत्वको सरकार पुँजी बजारको विरोधी हुनै नसक्ने लगानीकर्ताको बुझाइ छ र

मंगलबार सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ७४ अंकले बढेर ५३९ दशमलव ५१ अंकमा पुगेको छ । यता सबइन्डेक्सअन्तर्गत भने जीवन बीमा समूहबाहेक सबै समूहका सूचक बढेर हरियाली बनेका छन् । जीवन बीमा समूहको भने ० दशमलव ३९ प्रतिशतले सूचक नकारात्मक हुन पुग्यो ।

दिनभर सामान्य उतारचढाव भए पनि बजारमा १ सय ३७ कम्पनीको शेयरमूल्य बढेको छ भने ३६ कम्पनीको शेयरमूल्य घट्न पुगेको छ । बाँकी १० कम्पनीको मूल्यमा भने आज कुनै परिवर्तन आएन ।

प्रकाशित : २९ असार २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह