Logo

Banner-news

प्रधानमन्त्रीले आजै विश्वासको मत लिनेः विश्वास पाए सरकार विस्तार, नपाए चुनाव !


GDP Nepal
   ३ श्रावण २०७८, आइतबार


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार विश्वासको लिने भएका छन् ।

विश्वासको मतका लागि कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुखमार्फत सङ्घीय संसद् सचिवालयमा प्रस्ताव दर्ता गरेका छन् । पुनः स्थापित प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने संसद सचिवालयको कार्यसूचीमा उल्लेख गरिएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले पनि आइतबार नै कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइसकेका छन् ।

सर्वोच्च अदालतको फैसल्ला पछि प्रधानमन्त्रीमा नियुक्त भएका देउवालाई विश्वासका मतका लागि संसद्मा तत्काल कायम रहेको १ सय ७१ सांसदमध्ये १ सय ३६ जनाको समर्थन चाहिन्छ ।

शेरबहादुर देउवा

नेपाली कांग्रेस र माओवादी केन्द्रसँग हाल १ सय १० सांसद छन् भने जसपाको उपेन्द्र यादव पक्षका १२ सांसदले देउवाको पक्षमा हस्ताक्षर गरिसकेका छन् । यादव पक्षमा हालसम्म १७ सांसद पुगेको र थप २ जनाको सम्भावना रहेको बताइन्छ ।

यसरी प्रस्तावको पक्षमा १२९ सांसद हुने देखिन्छ । राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल समेत गठबन्धनमै भएकाले प्रधानमन्त्री देउवालाई थप ६ सांसद आवश्यक पर्ने देखिन्छ ।

नेकपा एमालेको माधव नेपाल पक्षका २३ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए। जसमध्ये झलनाथ खनाल स्वास्थ्योपचारका लागि हाल नयाँ दिल्लीमा छन् ।

खनालपक्षीय सांसदहरु सुरेन्द्र पाण्डे र गोकर्ण विष्टले देउवाको पक्षमा मतदान नगर्ने सम्भावना रहेको र नेपालपक्षीय भीम रावलले पनि समर्थन गर्नेमा द्विविधा रहेको छ । तर, नेपालपक्षीय विरोध खतिवडा, मेटमणि चौधरी, कृष्णलाल महर्जन, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ लगायतले संसद बचाउनका लागि देउवा सरकारलाई विश्वासको मत दिनुपर्ने बताइरहेकाले सरकारले विश्वासको मत पाउने सम्भावना देखिन्छ ।

सरकारले विश्वासको मत पाए सरकार विस्तार हुनेछ भने नपाए चुनाव घोषणा हुने अवस्था छ ।

प्रकाशित : ३ श्रावण २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह