Logo

Banner-news

विश्वासको मत पाएलगत्तै सक्रिय देउवा, खोप केन्द्रको अनुगमनमा निस्किए


GDP Nepal
   ४ श्रावण २०७८, सोमबार


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई कोरोनाविरुद्धको खोप भएको पुनः स्पष्ट पाएका छन् ।

प्रतिनिधिसभामा विश्वासको मत पाएको भोलिपल्ट कोरोना विरुद्ध खोप लगाइरहेका नागरिकको अवस्था बुझ्न र खोप केन्द्रको अवलोकनका लागि जोरपाटीस्थित अर्थोपेडिक अस्पताल पुगेका देउवाले रकारको प्राथमिकता सबैलाई कोरोना विरुद्धको खोप भएको बताए ।

खोप केन्द्र अवलोकनपछि देउवाले सामाजिक सञ्जालमा लेखेका छन्,
मेरो सरकारको प्राथमिकता सबैलाई कोरोना विरुद्धको खोप हो । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको खोप केन्द्रको स्थलगत अनुगमन गरेको छु। खोप सहज रुपमा लगाउने प्रवन्ध गर्न निर्देशन पनि गरेको छु।

देउवाले सोमबार उपत्यकाका अर्थोपेडिक अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगंज, वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुशीमा संचालल गरेको खोप केन्द्र र ललितपुर महानगरपालिकाले संचालन गरेको कुपण्डोल खोप केन्द्रको अनुगमन गरेका थिए।

उक्त अवसरमा उनले खोप केन्द्रलाई व्यवस्थित बनाउन पनि निर्देशन गरेको बताए ।

प्रकाशित : ४ श्रावण २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह