Logo

Banner-news

कांग्रेसले निजी क्षेत्रलाई सधैँ प्रवर्द्धन गरेको छः प्रधानमन्त्री देउवा


GDP Nepal
   ५ श्रावण २०७८, मंगलबार


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो दल नेपाली कांग्रेसले निजी क्षेत्रलाई सधैँ प्रवर्द्धन गर्दै आएको बताएका छन् । उनले निजी क्षेत्रको लगानी अभिवृद्धिमा आफूले सधैं सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले औद्योगिक विकासका लागि निजी क्षेत्रले लगानी वृद्धि गर्नुपर्ने भन्दै त्यसको सहजीकरणका लागि आफू तयार रहेको बताए ।

“हाम्रो पार्टीले निजी क्षेत्रलाई सधैं प्रवर्द्धन गरेको छ तपाईंहरूलाई आवश्यक पर्ने नीतिगत सहजीकरणका लागि हामी तयार छौँ,” प्रधानमन्त्री देउवाले भने ।

प्रधानमन्त्री देउवाले परिसंघले अघि बढाएको ुमेक इन नेपाल – स्वदेशीु अभियान नेपालको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउने औजार बन्ने उल्लेख गर्दै नेपाली वस्तुको उत्पादन र उपभोग बढाउन यस अभियानले महत्तवपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले कोभिडले निम्त्याएको संकटसँग जुध्न सरकारले सबै संयन्त्रको प्रयोग गरिरहेको स्मरण गराउँदै कोभिडले निम्त्याएको जटिलता नै सबैभन्दा ठूलो चुनौति भएको बताए ।

भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले प्रधानमन्त्री देउवालाई बधाई ज्ञापन गर्दै निजी क्षेत्रले सरकारबाट ठूलो अपेक्षा गरेको बताए । उनले नीतिगत सहजीकरण मार्फत् लगानी अभिवृद्धिको वातावरण बनाउन पनि आग्रह गरे।

“आयातमुखी नेपाली अर्थतन्त्रलाई उत्पाखनमुखी बनाउन हामी प्रयासरत छौँ,” अध्यक्ष मोरले भने, “यसका लागि सरकारले नीतिगत र प्रक्रियागत सहजीकरण गरिदिनुपर्छ।”

अध्यक्ष मोरले नीतिगत स्थिरताले लगानी बढाउन सहयोग गर्ने भन्दै सरकारले त्यसमा ध्यान दिनुपर्ने उल्लेख गरे। परिसंघका निवर्तमान् अध्यक्ष हरिभक्त शर्माले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन र यसको नेतृत्व गर्न निजी क्षेत्र सक्षम रहेको भन्दै त्यसमा सरकारले साथ दिनुपर्ने बताए ।

परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले विद्यमान संकटसँग जुध्न कोभिड विरुद्धको भ्याक्सिन आवश्यक भएको भन्दै त्यसको उपलब्धतामा सरकारले ध्यान दिनुपर्ने उल्लेख गरे।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको भेटमा परिसंघका उपाध्यक्षहरू निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, सुलभ अग्रवाल र वीरेन्द्रराज पाण्डेको उपस्थिति थियो।

प्रकाशित : ५ श्रावण २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह