Logo

बैंक / बिमा /शेयर

लक्ष्मी बैंकका ग्राहक खातीले जिते युरो कप विथ फोनलोन


GDP Nepal
   ८ श्रावण २०७८, शुक्रबार


काठमाडौं । फोनलोनले आफ्नो ३ हप्ता लामो युरो कप विथ फोनलोन क्याम्पेनको विजेता घोषणा गरेको छ । यस क्याम्पेन का विजेता लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खाती भएका छन् र उनले सामसङ्ग को ५५ इन्च स्मार्ट टिभी जितेका छन् ।

सो क्याम्पेन असार १ गते देखी २३ गते सम्म चलेको थियो भने यसमा फोनलोन सन्जालका ५ बैंक ( लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोन का प्रयोगकर्ताहरु सहभागी हुन सक्ने थिए ।

यस क्याम्पेनमा सहभागी हुनका लागी योग्य फोनलोनका प्रयोगकर्ताले सो अवधि भित्र फोनलोन मार्फत कर्जा लिनु पर्ने थियो । विजेता छनौट भने फोनलोनको विनर सेलेक्सन सफ्टवेरद्वारा गरिएको थियो ।

यस क्याम्पेन मार्फत फोनलोनले ग्राहकहरु माझ कागजरहित, धितोरहित स्मार्ट लोन सुविधा बारे जानकारी गराएको छ ।

प्रकाशित : ८ श्रावण २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह