Logo

Banner-news

आजदेखि यातायात राजस्वमा विद्युतीय भुक्तानी, नागरिक एपसँगै ई–वालेटबाट तिर्न सकिने


GDP Nepal
   ८ श्रावण २०७८, शुक्रबार


काठमाडौं । आम सेवाग्राहीले वर्षौंदेखि घन्टौं लाइनमा बसेर बुझाउँदै आएको यातायातसम्बन्धी राजस्व आज (शुक्रबार)बाट भने विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ । सबैभन्दा बढी सवारीसाधन दर्ता भएको र सबैजसो कार्यालयमा भीड हुने बागमती प्रदेशमा शुक्रबारबाट यातायात सम्बद्ध कर तथा राजस्व विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको हो ।

बागमती प्रदेश सरकारको यो व्यवस्था अनुसार अब लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिनेछ ।

बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार यातायात सम्बद्ध सबैखाले कर अब र्इवालेट र बैंकिङ एपबाटै तिर्न सकिने छ ।

नेपाल सरकारको नागरिक एपमा पनि ‘सवारी कर’ सेवा राखिएको छ भने वेबपोर्टलबाट पनि यो सेवा लिन सकिनेछ । प्रणालीबाटै तिर्न बाँकी कर लगायतको जानकारी लिएर अनलाइनबाट राजस्व भुक्तानी गर्न सकिने मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारको यो व्यवस्थाले ब्लुबुक नवीकरण लगायतका काम गर्न राजस्व तिर्न लाइनमा बस्नुपर्ने बाध्यता हटाउने भएको छ ।

प्रकाशित : ८ श्रावण २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह