Logo

Banner-news

हेटौंडा सिमेन्टले बेच्यो एक वर्षमै डेढ अर्बको सिमेन्ट


GDP Nepal
   १० श्रावण २०७८, आइतबार


हेटौंडा ।हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले गत आर्थिक वर्ष (२०७७/७८) मा १ अर्ब ४० करोड ३३ लाख ९९ हजार रुपैयाँ बराबरको सिमेन्ट बिक्री गरेको छ ।

सरकारी स्वामित्वको यो उद्योगले कूल १८ लाख ५३ हजार ७६४ बोरा सिमेन्ट बिक्री गरेको र सोबापत १ अर्ब ४० करोड ३३ लाख रुपैयाँ बराबर आम्दानी गरेको जनाइएको छ ।

उद्योगले लक्ष्यअनुसार उत्पादन गर्न भने सकेन । कूल ३१ लाख २० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य भए पनि कोरोना महामारीका कारण सम्भव नभएको उद्योगले जनाएको छ । यसबाहेक मेसिनरी उपकरण बिग्रिएको र पटक–पटक मर्मतसम्भार गर्नुपर्दा लक्ष्यअनुसार सिमेन्ट उत्पादन हुन नसकेको जनाइएको छ ।

गत वर्षको साउन महिनामा उद्योगले १ लाख ५१ हजार १८३ बोरा सिमेन्ट बिक्री गरेको थियो भने भदौमा एक लाख ३९ हजार ९६६ बोरा र असोजमा एक लाख ३२ हजार ७९६ बोरा सिमेन्ट बिक्री भएको उद्योगको बिक्री महाशाखाले जनाएको छ ।

कात्तिकमा एक लाख एक हजार ९९३ बोरा, मङ्सिरमा एक लाख ४१ हजार ३७० बोरा र पुसमा एक लाख ८४ हजार ३३९ बोरा सिमेन्ट उद्योगबाट बिक्री भएको छ भने माघमा एक लाख ५० हजार ५९८ बोरा, फागुनमा एक लाख ६४ हजार ७०९ बोरा सिमेन्ट बिक्री भएको ।

उद्योगबाट चैतमा दुई लाख सात हजार ८१३ बोरा सिमेन्ट बिक्री भएको र वैशाखमा दुई लाख ३० हजार ८८ बोरा, जेठमा एक लाख २६ हजार ५३१ बोरा तथा असारमा एक लाख २२ हजार ५३१ बोरा सिमेन्ट बिक्री भएको छ ।

उद्योगका विभिन्न चार स्थानमा चुनढुङ्गा खानी छ । यद्यपि उद्योगले गत आवमा आवश्यक कच्चा पदार्थ व्यवस्थापनका लागि मकवानपुरको ओखरे र धादिङको जोगिमाराबाट मात्र चुनढुङ्गा ल्याएको थियो ।

उद्योगले सो आवमा कूल एक लाख ५० हजार मेट्रिक टन क्लिङ्कर उत्पादन गर्ने लक्ष्य लिए पनि कूल एक लाख मेट्रिक टन मात्र क्लिङ्कर उत्पादन गरेको उद्योगले जनाएको छ ।

प्रकाशित : १० श्रावण २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह