Logo

ओली सरकारप्रति निजी क्षेत्रको आक्रोसः स्थायी सरकार भनिए पनि काम गराइ उस्तै




काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ केपी ओली नेतृत्वको सरकारप्रति आक्रोशित भएको छ । महासंघले स्थायी सरकारले पनि व्यावसायिक क्षेत्रका समस्या समाधान गर्न नसकेको ठहर गरेको हो ।

महासंघले तीन तहको सरकार सञ्चालन हुँदा झन झण्झटिलो भएको महशुस गरेको छ । सरकार समस्या समाधानको दिशामा समेत नगएको निजी क्षेत्रले जनाएको छ ।

महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले वीरगन्ज भेलामा प्रस्तुत गरेको कार्यपत्रमा भनिएको छ– व्यबसायको वातावरण बनाउन यो सरकारले अहिलेसम्म सकेको छैन, निजी क्षेत्रलाई सहज वातावरणको सटृा देशभरी व्यबसायीहरू समस्याबाट गुज्रिरहेका छन् ।

वीरगन्जमा महासंघका जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघहरूको राष्ट्रिय भेला मंगलबार आयोजना गरिएको थियो । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव भेलाको उद्घाटन समारोहमा सहभागी थिए ।

दाहाल र यादवलाई सुनाउँदै उपाध्यक्ष प्रधानले भने– स्थानीय र प्रदेश सरकारबाट उठाउने गरेको करबाट उद्योग वाणिज्य क्षेत्रमा असर परेको छ । कर निर्धारणमा सहज वातावरण बनाई कार्यान्वयन गर्नुपर्ने दायित्व केन्द्र सरकारको भए पनि उसले चासो नै दिएन ।

यस्तै, बैंकको व्याजदरमा बैंकहरुले मनपरी गरिरहे पनि सरकारले रोक्न नसकेको प्रधानले आरोप लगाए । ५ देखि ८ प्रतिशतमा लिएका व्यावसायिक कर्जाको व्याजदर बैंकहरूले आफुखुसी १२ देखि १५ प्रतिशतसम्म पु¥याए पनि सरकार रमितेमात्र बनेको उनको आरोप छ ।

लोडसेडिङ अन्त्य भनिए पनि विद्युतको भोल्टेज बारम्बारको ट्रिपिङको समस्या रहेकोले उद्योगको उत्पादनमा ह्रास, मेशिन तथा विद्युतिय उपकरणमा क्षति भएको भन्दै प्रधानले उद्योगले विद्युत महशुलमा २५ प्रतिशत छुट पाउने व्यवस्था हुनु पर्ने माग समेत गरे ।

प्रतिक्रिया दिनुहोस्