Logo

सन्दीप लामिछाने अब एनसेलको ‘स्टार हम्बल हिरो’




काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले क्रिकेटर सन्दीप लामिछानेलाई आफ्नो ‘स्टार हम्बल हिरो’मा दुई वर्षका लागि आबद्ध गरेको छ ।

‘स्टार हम्बल हिरो’ कार्यक्रमएनसेलले आफ्नो सपनाप्रति प्रतिबद्ध रहँदै आफ्ना वरिपरिका सबैलाई उत्प्रेरित गरिरहेका, आफुलाई उत्कृष्ट बनाउनतथाआफ्नो समुदाय र देशलाई गर्ववान्वित बनाउने कार्य गरिरहेका प्रतिभाशाली व्यक्तित्वको सम्मान गर्दै रचनात्मक योगदान पु¥याउने उद्देश्य लिई तयार पारिएको एनसेलले जनाएको छ ।

यो पहल एनसेलले आफ्नो ब्राण्डको सार ‘आज, भोलि, सधै सँगै’ अनुरुप तयार गरिएको हो । यसमा कम्पनीले निस्वार्थ भावनाका साथ दैनिक रुपमा देश र जनताका लागि अद्भुत कार्यहरु गर्दै नेपाललाई गौरवशाली राष्ट्र बनाउन योगदान पुर्याउने प्रेरणादायी तथा प्रतिभाशाली व्यक्तित्वहरुलाई आबद्ध गर्दै जानेछ ।

एनसेलले आफ्नो स्टार हम्बल हिरो अभियानको घोषणा बिहिवार एक कार्यक्रममाझ गरेको हो । कार्यक्रम सिफल स्थित बालमन्दिरको बाल संरक्षण गृहको परिसरमा भएको थियो । त्यहाँ सन्दीपले बालमन्दिरका बालबालिकाहरुलाई सम्बोधन गर्दै, उनीहरुसँग कुराकानी गर्दै उनीहरुलाई हौस्याएका थिए । बालबालिकाहरुले सन्दीप सँगक्रिकेट खेल्दै रमाइलो गरेका थिए ।

“देशमा रहेका प्रतिभालाई प्रेरणा तथा हौसला प्रदानगर्न एनसेलले शुरु गरेको यो पहलवास्तवमै सरहानिय छ । यसले हामी सबैलाई आफ्नो सपनाप्रति प्रतिबद्ध रहँदै समाजमा केहि गर्ने उर्जा प्रदानगर्ने विश्वास छ,” सन्दीपले भने ।

“नेपाली क्रिकेटका चम्किला तारा सन्दीपलाई स्टार हम्बल हिरोको रुपमा घोषणा गर्न पाएकोमा हामी निकै हर्षित छौं । उनको उर्जा तथा मनोभाव हाम्रो सृजनशील र सफलताअभिमुख संस्कृतिको विकास तथा प्रवर्धन गर्ने उद्देश्यसित मेल खान्छ,” एनसेलका प्रमुख कमर्शियल अधिकृत एण्डी चोङ्ले भने ।

प्रतिक्रिया दिनुहोस्