Logo

महासंघ पूर्वअध्यक्ष ढकाललाई मातृशोक




काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकाललाई मातृशोक परेको छ ।

ढकालकी आमा रामरेखा ढकालको ८९ वर्षको उमेरमा आइतबार  निधन भएको हो ।

केही दिनयता अस्वस्थ रहेकी ढकालको उपचारका क्रममा ओम अस्पतालमा निधन भएको महासंघ सचिवालयले जनाएको छ ।

स्व. ढकालका पूर्वअध्यक्ष ढकालसहित पूर्व एआईजी तथा नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य नवराज ढकाल, महासंघको कृषि उद्यम केन्द्रका सहसभापति हेमराज ढकाल तथा झापा उद्योग वाणिज्य संघका अध्यक्ष टीकाराज ढकाल ४ छोरा र ५ छोरी रहेका छन् ।

उनको सोमबार अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्