Logo

Sub-banner

गुल्मीमा दुइ हजारले गरे मुटु परिक्षण


appharu
   १५ आश्विन २०७५, सोमबार


काठमाडौँ, विश्व मुटु दिवसको अवसरमा गुल्मीको तम्घासमा आयोजिक बृहत स्वाथ्य शिविरमा २ हजार भन्दा धेरैले मुटु परिक्षण गरेका छन् । लर्ड बुद्ध काठमाडौँको आयोजना र हृदय रोग निवारण प्रतिष्ठान गुल्मीको सह आयोजनामा सञ्चालित शिविरमा बाग्लुङ, अर्घाखाँची लगायत आसपासका जिल्लाका सर्वसधारण आएका थिए । कार्यक्रमलाई सम्बोधन गर्न गृहमन्त्री रामबहादुर थापा (बादल) तम्घास पुगेका हुन ।

गृहमन्त्री थापाले मुटु सम्बन्धी रोग बढी मात्रमा गरिबलाई लाग्ने गरेकोभन्दै यसर्थ गरिब जनतालाई समृद्धिको दिशा तर्फ लैजाने गरि सरकार अघि बढेको बताए । “मुलुकमा शान्ती नआई समृद्धि हुन सक्दैन हामी यस विषयमा गम्भिर छौँ ” मन्त्री थापाले भने । उनिसँगै सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल पनि गृह जिल्ला पुगेका हुन । सशस्त्र प्रहरीका स्वास्थ्य विभागका डाक्टर लगायतका स्वास्थ्यकर्मीहरुले पनि सहआयोजकका रुपमा शिविरमा स्वास्थ्य सेवा प्रदान गरेका छन् ।


विकासोन्मुख देशहरुमा मुटु रोग निकै ठूलो समस्याका रुपमा देखा पर्न थालेको छ । विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्सेनि १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ । मृत्यु हुनेहरूमध्ये ८० प्रतिशतभन्दा बढी नेपालजस्तै विकासोन्मुख देशका विपन्न वर्गका जनता पर्छ्रन् । विश्व स्वास्थ्य संठनले पनि सन् २०२० सम्ममा विकासोन्मुख राष्ट्रहरूमा मुटुरोग महामारीकै रूपमा फैलिने भविष्यवाणी गरेको छ । लर्ड बुद्धका अध्यक्ष विष्णुप्रसाद भण्डारी आफ्नो जन्म जिल्लामा समाजसेवा गर्न पाएकोमा आफुलाई खुुसी लागेको बताए ।

सात जना बिशेषज्ञ डाक्टर मेडिकल डाक्टर ५ जना, अन्य गरी ३० जना स्वास्थ्यकर्मी रहेको यस शिविर गुल्मीमा सबै भन्दा बृहत भएको सह आयोजक गुल्मी शाखाका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेले बताए । वीर अस्पतालका वरिष्ठ मुटु रोग बिषेज्ञ डाक्टर तथा प्रकाश राज रेग्मी, बरिष्ठ फिजिशियन तथा लिवर, आन्द्रा मधुमेह रोग विशेषज्ञ डाक्टर दिनेशचन्द्र पोखरेल, प्रसुती तथा स्त्री रोग बिशेषत्र सौजन्य कमचार्य, वरिष्ठ फिजिसियन डाक्टर रोशनकुमार झा, हाड जोर्नी बिशेषज्ञ डाक्टर आदित्य आनन्द लगायत आएका थिए ।

प्रकाशित : १५ आश्विन २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह