Logo

एयरलाइन्सहरु डलरमूखी, दुर्गमका यात्रुको बिचल्ली




काठमाडौं । दसैंका बेला सुगम गन्तव्यमै जहाजको टिकट पाउन छाडेको छ भने दुर्गमका लागि त जहाजको टिकट यतिबेला कल्पनाभन्दा बाहिरकै कुरा भयो ।

पश्चिमका दुर्गम विमानस्थलहरु डोल्पा, जुम्ला, बाजुरा, मुगु, रुकुमलगायतका गन्तव्यमात्र नभै पूर्वका फाप्लु, रुम्जाटार, भोजपुर, सुकेटारलगायतका गन्तव्यमा जहाज अभावको कारण देखाउँदै एयरलाइन्सहरुले उडान संख्या थपेका छैनन् । बरु, नियमित उडानमा समेत कटौती गर्दै लगेका छन् ।

तर, नेपालीभन्दा विदेशी यात्रु बढी हुने र टिकटको मूल्य डलरमा तोकिने गन्तव्यमा भने उडान संख्या बढाउन एयरलाइन्सहरु प्रतिस्पर्धारत छन् । अहिले मुख्य पर्यटकीय सिजन सुरु भएकाले दशैंका लागि घर फर्किने स्वदेशी यात्रुभन्दा डलरमा सेवा लिने पर्यटकहरु नै उनीहरुको प्राथमिकतामा परेका छन् ।

उदाहरण हो– लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थल । यस विमानस्थलमा साविकमै ३ वटा एयरलाइन्सले उडान गरिरहे पनि राष्ट्रिय ध्वाजावाहक नेपाल वायुसेवा निगम पनि पुगेको छ ।

निगमले अढाई वर्षपछि चिनियाँ जहाज वाई टुवेल्भ ई मार्फत लुक्ला उडान सुरु गरेको हो ।

निगमअघि सो रुटमा निजी एयरलाइन्स कम्पनीहरु तारा, समिट र सीताले उडान गर्दै आएका छन् । शनिवार एकै दिनमा तारा एयरले १५, सीता एयरले ११ वटा र समिट एयरले ९ वटा उडान भरेका थिए ।

हाल काठमाडौं–लुक्ला को हवाई भाडा नेपालीका लागि ५ हजार १ सय रुपैयाँ रहे पन विदेशीका लागि भने १ सय ८० अमेरिकी डलर अर्थात २० हजाररुपैयाँभन्दा बढी छ ।

प्रतिक्रिया दिनुहोस्