Logo

अन्तर्वार्ता

नेपालको जीडीपी ३० खर्ब ७ अर्ब, प्रतिव्यक्ति आम्दानी १ लाख नाघ्यो


appharu
   १२ बैशाख २०७५, बुधबार


जीडीपी नेपाल
काठमाडौं, १२ वैशाख । नेपालको अर्थतन्त्रको आकार अर्थात कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अघिल्लो वर्षको तुलनामा ४ खर्बले बढेर ३० खर्ब ७ अर्ब ६० करोड रुपैयाँ बराबर पुगेको छ । अघिल्लो वर्ष जीडीपीको आकार २५ खर्ब ९९ अर्ब रुपैयाँबराबरको थियो ।

जीडीपीले मुलुकभित्र हुने आर्थिक गतिविधिको सम्पूर्ण तथ्यांकसहित अर्थतन्त्रको आकार बताउने गर्छ । तर, यसमा अनौपचारिक अर्थतन्त्रको हिस्सा जोडिएको भने हुँदैन । त्यसैले जीडीपीको आकार यथार्थपरक नभएको भन्दै आलोचना हुने गरेको छ ।

केन्द्रीय तथ्यांक विभागका अनुसार गत वर्ष आर्थिक वर्षको आर्थिक वृद्धि दर ७.३९ प्रतिशतले बढेका कारण जीडीपीको आकार पनि बढेको हो । यस्तै प्रतिव्यक्ति आम्दानी गत वर्षको भन्दा १ सय ४२ अमेरिकी डलर बढेर १ हजार ४ डलर पुगेको छ । यसअघि प्रतिव्यक्ति आम्दानी ८ सय ६२ डलर थियो ।

विभागका अनुसार चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८९ प्रतिशत हुने देखिएको छ । चालू बजेटमा सरकारले ७.२ प्रतिशतको लक्ष्य लिए पनि अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको मध्यावधि समीक्षाका क्रममा चालू वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने घोषणा गरेका थिए । तर, एसियाली विकास बैंक र विश्व बैंकले भने ५ प्रतिशतभन्दा कम आर्थिक वृद्धि हुने प्रक्षेपण हालै सार्वजनिक गरेका छन् । घट्न थालेको हो ।

प्रकाशित : १२ बैशाख २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह