Logo

ओली सरकार गठनपछि पहिलोपटक घट्यो इन्धनको मूल्य !




काठमाडौं । केपी ओली नेतृत्वमा सरकार गठन भएको ९ महिनापछि पहिलोपटक इन्धनको मूल्य घटेको छ । दुईतिहाई बहुमतको सरकार गठनको ९ महिनामा ६ पटक इन्धनको मूल्य बढे पनि पहिलोपटक घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा कमी आएपछि नेपाल आयल निगमले पनि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले सोमबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेर र मटीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको छ ।
निगम प्रवक्ता वीरेन्द्र गोइतका अनुसार भारतीय आयल निगम (आईओसी)ले पठाएको नयाँ मूल्य सूचीअनुसार मूल्य समायोजन गरिएको हो ।

नयाँ मूल्य लागू भएपछि प्रतिलिटर पेट्रोलको मूल्य १ सय १२ रुपैयाँ पुगेको छ भने डिजेल र मटीतेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँ पर्नेछ । निगमका अनुसार हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

मूल्य समायोजनपछि निगमलाई पेट्रोलमा प्रतिलिटर ११ रुपैयाँ ४४ पैसा र डिजेलमा ५ रुपैयाँ ८१ पैसा नाफा छ ।
तर, ग्यासमा भने निगमलाई प्रतिसिलिन्डरमा दुई सय ८४ रुपैयाँ घाटा छ । अन्तर्राष्ट्रिय बजारमा मुल्य घटेकाले १५ दिनमा ५६ करोड ५८ नाफा रहेको निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्