Logo

कोरियाले नेपालीलाई अब १० वर्षे मल्टिपल भिसा दिने !




काठमाडौं । दक्षिण कोरियाले नेपालीलाई अब १० वर्षे मल्टिपल भिसा दिने भएको छ । नेपालसहित दक्षिणपूर्वी एसियाली मुलुकबाट दक्षिण कोरिया घुम्न आउने पर्यटकका लागि यस्तो सुविधा दिन लागिएको हो ।

कोरियाको न्याय मन्त्रालयका अनुसार बहुप्रवेश भिसा पाउने मुलुकहरुमा नेपाल, भारत, बंगलादेश, म्यानमार, कम्बोडिया, श्रीलंका, इन्डोनेसिया, लाओस, पाकिस्तान, फिलिपिन्स र भियतनाम रहेका छन् ।

यही डिसेम्बरबाट लागू भएको नयाँ भिसा नियम अनुसार कोरियाका लागि एकपटक भिसा प्राप्त गरेपछि १० वर्षसम्म आतेजाते गर्न पाइने छ । कोरिया वर्षेनी घुम्न रुचाहने पर्यटकहरुका लागि नयाँ नियम सहज भएको छ । यस अगाडि यी मुलुकहरुले कोरियाका लागि प्रत्यकपटक भिसाका लागि आवेदन दिनुपथ्र्यो ।

बहुप्रवेश भिसाका लागि डाक्टर, वकिल, प्राध्यापक, इन्जिनियरहरुलगायत उच्च तहतप्कामा कार्यरत नागरिकहरुले आवेदन दिन सक्नेछन् । त्यस्तै, स्थानिय विश्वविद्यालयबाट चारवर्षे स्नातकहरु, स्नाकोत्तर डिग्री हासिल गरी पोफे्रसनल रुपमा स्थापितहरुले पनि आवेदन दिन पाउने छन् ।

न्याय मन्त्रालयका अनुसार छोटो अवधि भ्रमण (सि–थ्रि) भिसावाला पर्यटक प्रत्यक पटक ३० दिन कोरिया बस्न पाउने र १० वर्षसम्म आतेजाते गर्न पाउने छन् । तर, अवैध रुपमा रहन र अनुमति विना काम गर्न पाउने छैनन् ।

अध्यागनमले कोरियामा प्रवेशगरेपश्चात गैरकानुनी रुपमा बस्न नचाहने नागरिहरुलाई मात्र उक्त भिसा दिनेछ । भिसा प्राप्त गर्न आवेदन दिएको दिनदेखि ३ महिनासम्म लाग्नसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्