Logo

वाइडबडीको स्वामित्व विवाद अन्त्यः हाइफ्लाईद्वारा निगमको पक्षमा विज्ञप्ति !




काठमाडौं । नेपाल वायुसेवा निगमले खरिद गरेको जहाजलाई बिबादमा तान्ने केही हवाई माफिया र मिडियाहरुको प्रयाश अन्ततः असफल भएको छ । निगमलाई जहाज उपलब्ध गराउने कम्पनी हाइफ्लाईले दुवै जहाजको स्वामित्व निमसँगै रहेको स्पष्ट पारेको छ ।

हाइफ्लाई एक्स आयरल्यान्ड लिमिटेडले गत अगष्टमा नै निगमलाई स्वामित्व हस्तान्तरण भइसकेको जनाएको छ । हाइफ्लाइले सोही मितिमा विज्ञप्ति जारी गर्दै गत अगष्टमा कम्पनी रजिष्ट्रेशन नम्बर ५९९०१० मार्फत स्वामित्व हस्तान्तरण भइसकेको स्पष्ट पारेको हो ।

हाइफ्लाई एक्सका निर्देशक क्रिष्टियन न्युलेनले जारी गरेको विज्ञप्तिअनुसार निगमले खरिद गरेका एयरबस ३३०–२०० सिरिजका दुई थान वाइडबडी जहाजको स्वामित्व विवाद अर्थहीन हो ।

निगमले एयरबस ३३०–२०० सिरिजका जहाज खरिद गरेको हो । पहिलो वाइडबडी ९ एन–एएलवाई अन्नपूर्ण नाम दिइएको जहाज २०७५ असार १४ काठमाडौंमा अवतरण गरेको थियो भने दोस्रो ९ एन–एएलजेड मकालु गत साउन १० गते काठमाडौं आइपुगेको थियो ।

यता, निगमले ल्याएका दुइवटा एयरबस ए ३३० जहाजको स्वामित्व नेपाल एयरलाइन्समै रहेकोमा कुनै शंका नगर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्