Logo

४ वर्षमा साढे ३ लाख स्मार्ट लाइसेन्स बाँडियो, २ लाख सेवाग्राही अझै पर्खाइमा




काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले कहिले तिहारपछि त कहिले ७ दिनमा सबैलाई स्मार्ट लाइसेन्स दिने घोषणा गरे पनि २ लाख सेवाग्राहीले अझै पाउन सकेका छन् ।

लिखित र प्रयोगात्मक दुवै परीक्षा पास गरेका २ लाखभन्दा बढी सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र नपाएको यातायात व्यवस्था विभागले जनाएको छ ।

कार्यालयमा अनुसार २ लाख ३ हजार सेवाग्राही स्मार्ट लाइसेन्सको पर्खाइमा छन् भने यो संख्या दिनहुँ थपिँदो छ । हालसम्म ३ लाख ५४ हजारले यस्तो लाइसेन्स लिइसकेका छन् ।

चार वर्षपहिले स्मार्ट चालक अनुमतिपत्र वितरण सुरु भएको हो । अहिले पनि सेवाग्राहीले एक वर्षभन्दा बढी समय कुर्नुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्