Logo

कोरियाको कोटा बढेको बढ्यैः आउँदो वर्षलाई १० हजार, यो वर्ष साढे ८ हजार गए




काठमाडौं । नेपालको सबैभन्दा आकर्षक रोजगार गन्तव्य कोरियाले आउँदो वर्ष (सन् २०१९) मा १० हजारभन्दा बढी नेपाली कामदार लैजाने भएको छ । चालू वर्षमा भने ८ हजार ५ सय नेपाली कामदार कोरिया गइसकेका छन् ।

कोरियाको रोजगार तथा श्रम मन्त्रालयले सन् २०१९ का लागि ५६ हजार कोटा निर्धारण गरेको छ । जसमध्य ४३ हजार जना नयाँ कामदार र १३ हजार कोरिया आइ पुनः प्रवेश गर्नेका लागि छुट्याइएको छ ।

यसमध्ये नेपाली कामदारले सबैभन्दा बढी अर्थात १० हजार कोटा निर्धारण गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ । कामदार छनोटका लागि फागुनको दोस्रो हप्ता १० औं भाषा परीक्षा आवेदन आह्वान हुने र चैतमा परीक्षा फारम भर्नुपर्ने तथा असारमा परीक्षा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्