Logo

भारतबाट नेपाल जाने गाडी सीमामा १० मिनेटभन्दा रोकिनु हुँदैनः मुख्यमन्त्री योगी




लखनउ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भारतबाट नेपाल जाने कुनै पनि मालवाहक गाडी सीमा नाकामा १० मिनेटभन्दा बढी रोकिन नहुने र यसका लागि आफूले काम गरिरहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रतिनिधिमण्डलसँग सोमबार लखनउमा भेट गर्दै मुख्यमन्त्रीले नेपालसँगको सीमा जोड्ने रणनीतिक सडकको स्तरोन्नति र भन्सार नाकामा भइरहेको ढिलासुस्ती कम गर्न आफ्नो सरकारले काम थालेको बताए ।

महासंघ अध्यक्ष भवानी राणाले उत्तर प्रदेश र नेपालबीचका सीमा नाकामा हुने अवरोधका सम्बन्धमा चिन्ता व्यक्त गरेपछि मुख्यमन्त्री योगी आदित्यनाथले सीमा नाकालाई सहज र गतिशील बनाउन आफ्नो सरकारले विशेष ध्यान दिएको उनले बताए ।

“भैरहवा, नेपालगञ्जदेखि पश्चिम गौरीफन्टासम्म म आफँ पुगेर त्यहाँ भइरहेको विकास तथाव्यपार सहजीकरणको काम अनुगमन गर्नेछु,” उनले भने, “नेपाल र भारतबीच हालसम्मको साँस्कृतिक तथा सामाजिक सम्बन्धलाई अब व्यापारिक सम्बन्धमाविकास तथाविस्तार गर्नु आवश्यक छ ।”

गौरीफण्टा र अलिगढवा सीमा नाकाको स्तरोन्नतिमा पनिउत्तर प्रदेश सरकारले तत्कालै काम थाल्ने उनले बताए ।
मुख्यमन्त्रीले नेपालको पर्यटन विकासमा भारतको केन्द्र र उत्तर प्रदेश सरकारको सदैव साथ र सहयोग रहने बताउँदै नेपालगञ्ज—कैलाशतीर्थ यात्राको विकासकालागिआवश्यक सहयोग गर्ने वचनसमेत दिए ।

“नेपालगञ्ज—कैलाशमार्ग बलियो बनाउनुस् । आवश्यक सहयोग गर्न हामीतयार छौं,” उनले भने । त्यस क्षेत्रको धार्मिक पर्यटनलाई टेवा पु¥याउनका लागि आवश्यक प्रवद्र्धन गर्ने वचन दिँदै योगीले आगामी सिजनको तीर्थयात्राको उद्घाटन गर्न अध्यक्ष राणाले दिएको निम्ता समेत स्वीकार गरे ।

नेपाल र भारतवीचको व्यावसायिक सम्बन्धलाई अझउचाइमा पु¥याउन प्रतिनिधिमण्डलको आदानप्रदानलाई अझ घनीभूतरुपमा अगाडि बढाउनु आवश्यक रहेको उनले बताए ।

महासंघ अध्यक्ष राणाले दुई मुुलुक बीचका भन्सार तथा सडकको विकासमा उत्तर प्रदेश सरकारले दिएको प्राथमिकताको स्वागतगर्दै नेपालका धार्मिक पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा साथ खोजेको बताइन् । “नेपालको आर्थिक समृद्धिमा भारत सदैव नजिकबाट जोडिएको छ । त्यसैले दुई मुलुकवीचमाव्यापार मात्रनभइ पर्यटनका क्षेत्रमापनि सहयोग आदानप्रदान हुन आवश्यक छ । खासगरी नेपालको मध्यतथा सुदूर पश्चिम क्षेत्र विकासमा पछि परेको हुँदा त्यहाँको विकासमा हामी उत्तर प्रदेश सरकारको सहयोग अपेक्षा गरेका छौं,” उनले भनिन् ।

नेपालले सन् २०१९ को मार्चमा आयोजना गर्ने लगानी सम्मेलनमाआउन र नेपालमालगानी गर्न पनि राणाले आह्वान गरिन् । दुई मुलुकबीच पर्याप्त मात्रामा प्रशारण लाइन, क्षेत्रीय पूर्वाधार, विवाद समाधान संयन्त्र, ऊर्जा सहकार्यजस्ता क्षेत्रमा तत्कालै सहकार्य हुनु पर्नेमा उनको जोड थियो ।

महासंघ अध्यक्ष राणाको नेतृत्वमा १८ सदस्यीयप्रतिनिधि मण्डलले मुख्यमन्त्री योगीसँग भेटवार्ता गरेको हो ।

महासंघ प्रतिनिधिमण्डलमा एफएनसीसीआईका कार्यसमिति सदस्य कृष्णप्रसाद श्रेष्ठ, सुदूरपश्चिम प्रदेश अध्यक्ष शंकरबहादुर बोगटी, प्रदेश ५ का उपाध्यक्ष दीपककुमार पौड्याल, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गया दिनकुर्मी, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष् ानन्दलाल वैश्य, होटल संघ नेपालक ाकार्यकारी सदस्य असित शमशेर जबरा, महासंघका सहायक निर्देशक अरुणकुमार श्रेष्ठलगायत थिए ।

प्रतिक्रिया दिनुहोस्