Logo

टेलिकमको प्रवन्ध निर्देशकमा अधिकारी, कम्पनीलाई नयाँ उचाइ दिने दावी




काठमाडाैँ । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लिराम अधिकारी नियुक्त भएका छन् । अन्तिम प्रतिस्पर्धामा रहेका पुर्व प्रबन्ध निर्देशक बुद्धि आचार्य र संगिता अर्याललाई पछाडि पार्दै अधिकारी टेलिकमको एमडी नियुक्त भएका हुन् ।

अधिकारी र अर्याल टेलिकममै दशौं तहमा कार्यरत व्यवस्थापक हुन् । अधिकारी अहिले प्रबन्ध निर्देशककै कार्यलयमा प्राविधिक सल्लाहकारको रूपमा कार्यरत छन् भने अर्याल ब्याकबोन डिपार्टमेन्टमा कार्यरत छन् ।

टेलिकमको प्रबन्ध निर्देशकको लागि माग गरिएको आवेदनमा  १० जनाको आवेदन परेको थियो । छनौट समितिले ८ जनाको नाम मात्रै संक्षिप्त सुचीमा समावेश गरेर व्यवसायीक कार्ययोजना प्रस्तुती र अन्तर्वार्ताको लागि बोलाएको थियो ।नवनियुक्त प्रबन्ध निर्देशक अधिकारीले कम्पनीलाइ नयाँ उचाइमा लैजान सक्दाे पहल गर्ने र ग्राहककाे समस्यामा ध्यान दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्