Logo

पर्यटनमन्त्रीद्वारा २९ थिंक ट्यांक नियुक्त, विज्ञभन्दा व्यवसायी बढी




काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन क्षेत्रको वृहत्तर विकासका लागि आफ्नै अध्यक्षतामा २९ जना विज्ञ सम्मिलित थिंक ट्यांक समूह गठन गरेका छन् ।

मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार नेपालको नागरिक उड्डयन क्षेत्रको सुधारका लागि मन्त्रीस्तरीय निर्णयबाट यसअघि नै २० जनाको नियुत्तिः भइसकेको छ । पछिल्लोपटक पर्यटन क्षेत्रका लागि २९ गरी ४९ जनालाई विज्ञका रुपमा नियुक्त गरिएको हो ।

पर्यटन क्षेत्रमा विज्ञका रुपमा नियुक्ति पाउनेमा नाट्टाका पूर्वअध्यक्ष अर्जुन शर्मा, व्यवसायी तथा विज्ञ अनिल चित्रकार, पत्रकार कुन्द दीक्षित, लेखक गंगाप्रसाद अकेला, व्यवसायीहरु चन्द्र ढकाल, छाया शर्मा, छेवाङ लामा, ज्योति अधिकारी, पूर्वसचिव दिपेन्द्र पुरुष ढकाल, पर्यटन बोर्डका पूर्वप्रमुखद्वय प्रदीपराज पाण्डे र प्रचण्डमान श्रेष्ठ रहेका छन् ।

यस्तै, व्यवसायीहरु बसन्त मिश्र, बासु त्रिपाठी, विजय अमात्य, मदन आचार्य र महेन्द्रसिं थापा पनि मनोनित भएका छन् । पूर्वपर्यटन राज्यमन्त्री तथा व्यवसायी याङकिला शेर्पा, व्यवसायीहरु योगेन्द्र शाक्य, रविजंग पाण्डे, राज ज्ञवाली, रोशन थापा, लाक्पा सोनाम शेर्पा, शिव ढकाल, सञ्जय चौधरी, सिर्जना राणा, सुमन पाण्डे, पूर्वसचिव सुरेशमान श्रेष्ठ, पाटा अध्यक्ष सुनिल शाक्य र व्यवसायी सुबोध राणा पनि यही समूहमा छन् ।
सबै विज्ञ अवैतनिक रुपमा नियुक्त गरिएका हुन् । पर्यटन राज्यमन्त्री, सचिव र सहसचिवहरु पनि रहने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्