Logo

पल्सरका प्रयोगकर्ता १ करोड नाघे, सेल्स रेकर्डमा विश्वकै पहिलो




काठमाडौं । भारतीय कम्पनी बजाजको लोकप्रिय उत्पादन पल्सर प्रयोग गर्ने उपभोक्ताको संख्या १ करोड नाघेको छ ।

दुईपाङ्ग्रे सेग्मेन्टमा निकै रुचाइएको पल्सरका विभिन्न मोडल भारतसँगै नेपाली बजारमा पनि निकै रुचाइएका छन् ।

संसारमा ३० भन्दा बढी देशका बिक्री भइरहेको पल्सर १० मिलियन (१ करोड) सेल्स रेकर्ड बनाउने पहिलो ग्लोबल ब्राण्ड बन्न पुगेको छ । यो पल्सरका लागि निकै ठूलो उपलब्धी भएको कम्पनीले जनाएको छ ।

भारतीय बजारमा सन् २००१ मा पल्सर प्रवेश गरेको थियो । बजाजले हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि (एचएच बजाज, बजाज मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक) सँगको सहकार्यमा २००२ मा नेपालमा पनि पल्सरको उद्घाटन गरेको थियो । त्यसयता हजारौंको संख्यामा पल्सर मोटरसाइकल बिक्री भइसकेको छ ।

पल्सर रोमाञ्चक अनुभव बटुल्न, उत्साह बढाउन र बाइकिङको मज्जा उठाउने उद्देश्यले डिजाइन गरिएको कम्पनीको भनाइ छ । कम्पनीले विज्ञप्तिमा भनेको छ– यसले बाइक चालकहरुको मन जित्न सजिल्लै जित्न सफल भयो र प्यासोनेट राइडरको वृद्धि गर्न अहं हिस्सा बन्यो ।

भारतीय नागरिकको स्पोर्ट बाइकप्रतिको दृष्टिकोण परिवर्तन भएपछि पल्सरले विदेशमा बजार विस्तार गरेको उल्लेख छ । यो नेपाली बाइकर्सका लागि पनि यससँगै आकर्षणको केन्द्र बन्यो पल्सर ।

त्यसो त नेपालको जनसंख्यामा आधाभन्दा बढी हिस्सा ओगटेका युवा पल्सरप्रति आकर्षित भए । भौगोलिक हिसाबले हिमाल, पहाड र तराईमा विभाजन भएकौ कारण पनि २ पाङग्रे सवारी साधनको सम्भाव्यता बढी रहेको नेपालमा युवाहरुले पल्सरलाई निकै रुचाएको बताइन्छ ।

आधुनिक डिजाइन र उच्च प्रदर्शन, एचएच बजाज मार्फत सहज पहुँचले गर्दा ८८ थ्रीएस (सेल्स, सर्भिस र स्पेयर) डिलर र २ सय ५० भन्दा बढी सेवासहितका स्पेयर सेन्टरले गर्दा पल्सरले अन्य बाइक भन्दा बढि लोकप्रियता कमाएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्