Logo

Banner-news

प्रधानमन्त्रीले फेरि भने- सडकमा कोही भोकै हिँड्नु पर्दैन !


GDP Nepal
   १५ बैशाख २०७६, आइतबार


काठमाडौं । सडकमा बेवारिसे भेटिएका जो कोहीलाई सरकारले संरक्षण गर्ने अभिव्यक्ति दिँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार फेरि यही अभिव्यक्ति दोहोर्याएका छन् । उनले खान, बस्न नपाएर कोही पनि नागरिक मगन्ते भएर सडकमा हिँड्नुपर्ने अवस्थाको अन्त्य गरिने बताए ।

राष्ट्रिय योजना आयोगको बैठकमा उनले गरीब र अशक्तलाई सरकारले खान र बस्नका लागि जिम्मा लिने भएकाले आगामी १५ औं योजनाको अवधिमा निरपेक्ष गरीबीको रेखामुनिको प्रतिशतमा उल्लेखनीय गिरावट आउने जिकिर पनि गरे ।

आयोगका अध्यक्षसमेत रहेका ओलीले भने, “हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ अगाडि बढेका छौँ । त्यसैले अब कोही पनि भोका रहनेछैनन् । केही व्यक्ति सडकमा बाध्यतावश मागेर हिँडेको देखेमा तुरुन्त फोन गर्नुस् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सरकारले जिम्मेवारी लिन्छ ।”

उनले थपे “हामी फरक ढङ्गले सामाजिक प्रबन्ध गरिरहेका छौँ । समाज स्वतन्त्र छ तर यहाँ मर्ने स्वतन्त्रता छैन । अब हामी दोहोरो अङ्कमा आर्थिक वृद्धिदर गराउनेछौँ ।”

प्रधानमन्त्रीले कोशी नदीमा जलविहार (स्टिमर) चल्न थालेपछि मानिसको मस्तिष्कमा झट्का लागेको टिप्पणी पनि गरे।

अघिल्लो आर्थिक वर्षको आर्थिक वृद्धिदर कमजोर भएकाले चालू आर्थिक वर्षको वृद्धिदर उल्लेख्य हुन नसकेको हो भन्दै उहाँले विगतमा एउटा ठेकदारलाई क्षमताभन्दा बढी काम दिइएको कार्यलाई कानूनी रुपमा तोड्न समय लागेको भन्दै सरकारको बचाउ गरे ।

प्रकाशित : १५ बैशाख २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह