Logo

Banner-news

सहकारीको ब्याजदर विरोध गर्नेलाई केशव बडालले भने– ओरेन्टलका छाउराहरु !


GDP Nepal
   २६ श्रावण २०७६, आइतबार


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता तथा अगुवा सहकारीकर्मी केशवप्रसाद बडाल सहकारीको ब्याजदरको विरोध गर्नेहरुप्रति असहिष्णु देखिएका छन् । उनले यसरी विरोध गर्नेहरुलाई सुधीर बस्नेतको विवादास्पद सहकारी ओरन्टलबाट परिचालित रहेको आरोप लगाएका छन् ।

ब्याजदर सीमाको विरोध गर्नेहरुलाई उनले अराजनीतिक तथा असामाजिक शब्दावली प्रयोग गर्दै ‘ओरन्टलका छाउरा’को संज्ञा दिएका हुन् । सहकारी विभागले हालै कर्जामा अधिकतम १६ प्रतिशत ब्याज लिनपाउने गरी सीमा तोकेको छ ।

ब्याजदरको विषयमा जिल्ला सहकारी संघ काठमाडौंको अगुवाईमा बिहीबार काठमाडौंमा भेला तथा छलफल भएको थियो । भेलाका सहभागीहरू सन्दर्भ ब्याजदर निर्धारण समितिमा गएका सदस्यहरूविरुद्ध आक्रोशित रूपमा प्रस्तुत हुनुका साथै बैंकरबाट पैसा खाएर ब्याजदर निर्धारण गरेको समेत आरोप लगाएका थिए ।

प्रकाशित : २६ श्रावण २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह