Logo

भूमि वर्गीकरण अब ४ प्रकारमा सीमित गरिने




काठमाडौं । सरकारले भूमि वर्गीकरणलाई संशोधन गर्दै ४ प्रकारमा सीमित गर्ने भएको छ । हाल नेपालमा ११ प्रकारका भूमिहरु रहेको र अव यसको पुनर्संरचना गर्दै ४ प्रकारका भूमिमा वर्गीकरण गरिने कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले जानकारी दिए ।
मन्त्री खनाललका अनुसार अब भूमिलाई कृषि, व्यावसायिक, औद्योगिक र बसोबास भूमिमा वर्गीकरण गरिनेछ । उनले भने, “खेतियोग्य जग्गामा भएको खण्डीकरण रोक्ने र सुरक्षित बसोवासको व्यवस्था मिलाउने नीति पनि त्यसमै समावेश हुनेछ ।”
कृषि क्षेमा आधुनिकिकरण आवश्यक रहेको मन्त्री खनालको भनाई छ । कृषि, पर्यटनले मात्रै स्वदेशमा रोजगारी सिर्जना हुने र आर्थिक समृद्धि हाँसिल गर्न सक्ने उल्लेख गर्दै खनालले सुकुम्बासी समस्या समाधान र भूमि व्यवस्थापनबारे कायापलट गर्ने खालको नीति ल्याउने अन्तिम तयारी भैरहेको बताएका हुन् ।

 तस्बिरः सगरमाथाको शिखर चुमेकी निमा छोकी शेर्पालाई सम्मान गर्दै मन्त्री खनाल ।

‘सुकुम्बासी समस्या समाधान र भूमि व्यवस्थापनबारे कायापलट गर्ने खाले नीति ल्याउने अन्तिम तयारीमा छौं । खेतियोग्य जग्गामा भएको खण्डीकरण रोक्ने र सुरक्षित बसोवासको व्यवस्था मिलाउने नीति त्यसमा समावेश हुन्छ,’ उनले भने ।
मन्त्री खनालले कृषि नीतिमा आमूल परिवर्तन गर्दै मुलुकमै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकार अग्रसर रहेको पनि जानकारी गराए । ‘सुकुम्बासी समस्या समाधान र भूमि व्यवस्थापनबारे कायापलट गर्नेखाले नीति ल्याउने अन्तिम तयारीमा हामी जुटेका छाैं,’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्