Logo

Banner-news

रामचन्द्र पौडेल भन्छन्ः अर्थतन्त्र उकास्न कृषिको विस्तार गरौं !


GDP Nepal
   २९ चैत्र २०७६, शनिबार


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको कारण प्रभावित मुलुकको अर्थतन्त्रलाई उकास्न कृषि मात्र उत्तम विकल्प भएको बताएका छन् ।

नेता पौडेलले शुक्रबार सामाजिक सञ्जालमार्फत विज्ञहरुसँग गरेको छलफलमा नेपालको अर्थतन्त्रका प्रमुख आधार ऊर्जा, पर्यटन र कृषिमध्ये ऊर्जा र पर्यटनको सम्भावना कोरोनाका कारण हाल न्यून भएकाले कृषि मात्र विकल्प भएको बताएका हुन् ।

रामचन्द्र पौडेल

पौडेलले कृषिको विस्तारले मुलुकको आयात र रेमिट्यान्स प्रतिस्थापन गरी अर्थतन्त्र जोगाउने उत्तम उपाय भएको बताए । कृषिमा क्रान्ति ल्याउनका लागि कृषि शिक्षा, कृषि अनुसन्धान र कृषिको प्रसार तथा कृषिको बजारलाई विस्तार गरी कृषिमा विचौलियाको राज अन्त्य गर्न जरुरी भएको उनले उल्लेख गरे ।

उपयोग हुन नसकेका जमिनको उपयोगका लागि भूमि बैंक स्थापना गरी जग्गाको उपयोग गर्नुपर्नेमा जोड दिँदै उनले लकडाउनको अवस्थामा पनि कृषिउपजलाई बजारमा पठाउन रोक नलगाउनसमेत आग्रह गरे ।

पौडेलले किसानको उत्पादन नष्ट हुन नदिन र बजारको अभावलाई अन्त्य गर्न लकडाउनको अवस्थामा पनि कृषिउपजलाई बजारमा ल्याउने व्यवस्था गर्न माग गरे । उनले समाजवादी राज्यले जनतालाई सेवा र टेवा दिन सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

प्रकाशित : २९ चैत्र २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह