Logo

Banner-news

कृषिमा ४१ अर्ब ४० करोड बजेट, दूध, तरकारी र मासुमा आत्मनिर्भरको लक्ष्य


GDP Nepal
   १५ जेष्ठ २०७७, बिहिबार


काठमाडौं । कृषि क्षेत्रमा कोरोना महामारीबाट उत्पन्न चुनौती र अवसरको उपयोग गरिने बजेटमा उल्लेख छ ।

कृषि उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाइने । दुग्ध, तरकारी र मासुमा आत्मनिर्भरता हासिल गरिने जनाइएको छ ।

रासयानिक मलको अनुदानमा बजेट बढाइएको छ । बीउको गुणस्तर बढाइ इजाजतप्राप्त बिक्रेताबाट किन्नेलाई नगद फिर्ता गरिनेछ ।

करारखेती, चक्लाबन्दीलाई प्राथमिकता दिइएको । भूमि बैंकको प्रतिबद्धता दोहोराइएको छ ।

खाद्य सुरक्षा र आपूर्ति व्यवस्थापनका लागि भण्डारको विस्तार गरिने उल्लेख छ ।

मोबाइल एप्समार्फत मौसम, बिउबिजन र बजार मूल्यको व्यवस्था गरिने उल्लेख छ ।

उपयोगविहीन सार्वजनिक जग्गा, सडक र नदी किनारामा फलफूल खेती गरिने जनाइएको छ । उखु कृषकले ९५ करोड अनुदान पाउने भएका छन् ।
कृषि अनुदान पुनरावलोकन गरी दोहोरिन नदिने । किसान क्रेडिट कार्डको व्यवस्था गर्ने बजेटको लक्ष्य छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७–७८ को बजेट पेश गर्दै यस्तो जानकारी दिएका हुन् ।

जेठ १५ मा बजेट पेश गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार बिहीबार सरकारले बजेट ल्याएको हो ।

प्रकाशित : १५ जेष्ठ २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह