Logo

Banner-news

भौतिक पूर्वाधारको बजेट २५ अर्ब घट्यो, आगामी वर्ष १ खर्ब ३८ अर्बमात्रै


GDP Nepal
   १५ जेष्ठ २०७७, बिहिबार


काठमाडौं । सरकारले भौतिक पूर्वाधार क्षेत्रलाई १ खर्ब ३८ अर्ब ८० करोड बजेट छुट्याएको छ ।

गत वर्ष यस क्षेत्रमा १६३ अर्ब ५२ करोड बजेट थियो । जसअनुसार २४ अर्ब ७२ करोड रुपैयाँ बजेट घटेको छ ।

बजेटमा पूर्वपश्चिम महेन्द्र राजमार्ग, मध्यपहाडी लोकमार्ग, हुलाकी सडक तथा मदन भण्डारी राजमार्ग लगायतका आयोजना पूरा गर्ने कार्यक्रम छन् ।

सबै सदरमुकामा सडक पु¥याउने तथा जलमार्ग एवं रेलमार्गलगायतका परियोजना यो बजेटबाट सञ्चालन हुनेछ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७–७८ को बजेट पेश गर्दै यस्तो जानकारी दिएका हुन् ।

जेठ १५ मा बजेट पेश गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार बिहीबार सरकारले बजेट ल्याएको हो ।

प्रकाशित : १५ जेष्ठ २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह