Logo

कर्पोरेट-बजार

लकडाउन अवधिको ब्याज छुट र घरभाडा मिनाहा गर्न फिटनेस संघको माग


GDP Nepal
   २३ जेष्ठ २०७७, शुक्रबार


काठमाडौं । नेपाल शारीरीक सुगठन तथा फिटनेस संघले लकडाउन अवधिभरको बैंक ब्याज छुट र घरभाडा मिनाहा गर्न माग गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै साना तथा मझौला व्यवसायलाई प्रदान गरिने सम्पूर्ण सुविधाका लागि पनि आग्रह गरेको छ ।

लकडाउनको अढाई महिना पूरा भइसक्दा जनजीवन असहज एवं आक्रान्त बनिसकेको र यसले गर्दा अन्य व्यवसायजस्तै व्यायामशाला, हेल्थ क्लब लगायतका यससँग सम्बन्धित व्यवसाय पनि धरासायी हुने अवस्था आइसकेको जनाइएको छ ।

संघले विज्ञप्तिमा भनेको छ– विशुद्ध यसै ब्यवसायलाई अंगालेर आफ्नो परिवार पाल्नुपर्नेहरुको जमात एकातिर ठूलै रहेको छ भने त्यसमा कार्यरत प्रशिक्षक, कर्मचारीहरुको अवस्था नाजुक बन्दै गएको अवस्थाले यस संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

संघले स्वास्थ्य नै धन हो भनेर स्वस्थ्य समाजको परिकल्पना गरिएको र दैनिक जसो व्यायामशाला, हेल्थ क्लबमा नियमित व्यायाम गरि आफूलाई स्वस्थ्य बनाउन अभ्यस्त पनि रहेको स्मरण गराउँदै लकडाउनको परिप्रेक्ष्यमा त हामी कति स्वस्थ्य हुनु पर्दछ भनेर उजागर भइसकेको उल्लेख छ ।

सरकारले एसएमईलाई ब्याज अनुदान राहत कार्यक्रम बजेटमा व्यवस्था भए अनुसार व्यायाम शाला, हेल्थ क्लबहरुलेसमेत प्राप्त गर्ने नै छ भन्ने संघको ठहर छ र यो लकडाउनको अवधिको ऋणको व्याजमा मिनाह दिने तथा व्यवसाय सुचारु गर्न अविलम्ब पहलकदम चाल्नको लागि पनि जोडदार माग गरिएको छ ।

यस्तै सम्पूर्ण घरधनी महानुभावहरुमा यस व्यवसायको संरक्षण एवं टेवा प्रदान गर्नको लागि लकडाउन अवधिभरको घरभाडा छुट गरी यससँग आश्रित सम्पूर्णको रक्षार्थ सहयोगको लागि हार्दिक अपिल गर्दछौ । अन्त्यमा नेपाल सरकारको स्वास्थ्य निर्देशिकाको पालना गर्दै यस व्यवसायसंग आवद्ध उद्यमीहरुले आफ्ना सदस्यहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै व्यवसाय खोल्न नेपाल सरकाले ठोस पहल कदम चाल्नको लागि अपिल गरेको छ ।

प्रकाशित : २३ जेष्ठ २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह