Logo

दुर्घटनाग्रस्त तारा एयरको अगाडिको भाग कुच्चियो, मानवीय क्षति भएन




काठमाडौं । तारा एयरको जहाज जुम्ला विमानस्थलमा दुर्घटना हुँदा जहाजको नोज भनिने अगाडिको भागमा क्षति पुगेको छ । धावनमार्गबाट चिप्लिँदा जहाज दुर्घटनामा परेको हो ।

ताराको जहाज नेपालगञ्जबाट जुम्लाका लागि उडेको थियो । नागरिक उडड्यन प्राधिकरण जुम्लाका अनुसार उक्त जहाज अवतरण गर्ने क्रममा अगाडिको टायर पन्चर हुँदा रन वेबाट चिप्लिएको हो ।

चिप्लिएको जहाज धावनमार्गभन्दा निकै पर गएर तारजालीमा ठोक्किएको छ ।

जहाजमा चालक दलका ३ जना सदस्यसहित १८ जना यात्रु रहे पनि मानवीय क्षति नभएको र सबै सकुशल अवस्थामा रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्