Logo

बिजनेस होम

राहतमा जुट्यो थाइ नेपाली संघ, दैनिक ४०० लाई खाना खुवाउँदै


GDP Nepal
   ४ असार २०७७, बिहिबार


बैंकक । थाइ नेपाली संघ, दुःख निवारण विभागको अग्रसरतामा थाइल्याण्डका विभिन्न शहरहरूमा कोरोना भाईरसका कारण आपत्ति परेका नेपाली र गोर्खाली एवं जनजाती समुदायमा राहत वितरण गरिएको छ । थाइ नेपाली संघका विभिन्न शाखाहरुले सक्रियताका साथ राहत संकलन साथै वितरण कार्य गरेका छन् । कोभिड १९ का कारण नियमित काम नभएपछि आर्थिक रुपले अप्ठ्यारोमा परेका समुदायलाई यस्तो राहत वितरण गरिएको छ ।

राहत सामग्रीहरुमा चामल, तेल, चाउचाउ, माछाका डब्बा, पिठो, नुन, मसला जस्ता दैनिक उपभोग्य सामग्रीहरु थिए । आवश्यकता अनुसार केही व्यक्तिहरुलाई आर्थिक सहयोग पनि गरिएको थियो । शाखाहरू नभएका ठाउँबाट पनि राहत सामाग्री माग भएको अवस्थामा थाइ नेपाली संघका प्रतिनिधिहरू गएर राहत वितरण गरेका छन् ।

गत मे महिनामा थाइ नेपाली संघबाट भएको राहत वितरणबाट २५०८ परिवारका ८,६८५ व्यक्तिहरुले सेवा पाएका छन् । थाइ नेपाली संघका शाखा तथा उपशाखाहरूमा अवश्यकता अनुसार विहान वेलुका खानाहरू बनाइ दैनिक रूपमा ४०० भन्दा धेरै मानिसहरूलाई वितरण गरिएको छ । यस कार्यमा विभिन्न संघ संस्थाहरूले पनि थाइ नेपाली संघसँग मिलेर सहयोग गरेका छन् ।

संघले महामारी समयमा रक्तदान कार्य पनि गरेको छ । विविध रोग उपचारका कारण अस्पतालमा भर्ना हुनभएका साथै भर्ना हुन अप्ठ्यारो भएका र उपचार पश्चात आर्थिक अभावका कारणले अप्ठ्यारोमा परेका परिवारहरुलाई पनि दुःख निवारणले सहयोग गरेको छ ।

यसैगरी कोभिडको महामारीले समस्यामा परेका नेपालबाट अध्ययनका लागि आएका ५६ नेपाली विद्यार्थीहरुलाई पनि अन्य संस्था तथा नेपाली राजदुतावाससँग मिलेर राहतको कार्यमा सहयोग गरिएको छ । थाइल्याण्डबाट विदेश फर्कन चाहनेहरूलाई पनि सरकारी निकायहरूबाट कागजपत्र लगायत आवश्यकता अनुसार यातायात सुविधा मिलाउने कार्यमा संघले सहयोग गर्दै आएको छ । संघले कोभिदको महामारीले ग्रस्त भएको बेला पनि संघको दुःख निवारण विभागको सक्रियता भने थाइल्याण्ड देशभर सुचारु रहेको छ । आफूले सुरक्षाका विधि अपनाएर संघको दुःख निवारण विभागका प्रमुख, सदस्यहरु र सिंगो थाइ नेपाली संघको टीम राहतका कार्यहरुमा सरिक भएको थियो ।

महामारीको कारण अप्ठ्यारोमा परेको खण्डमा सूचना दिन संघले सामाजिक संजाल मार्फत सूचना जारी गरेको थियो । यस कार्यका लागि संघका महासचिव विनोद लामिछाने र दुःख निवारण विभागका प्रमुख रामकुमार ढुंगानालाई तोकेको थियो । विभागका प्रमुख ढुंगानाले संघका विभिन्न शाखाका पदाधिकारी तथा विभिन्न व्यक्तिहरुको सहयोगले गर्दा राहतका कामहरु गर्न सकिएको बताए । राहत र सामाजिक कार्यमा विभिन्न शाखाहरुबाट सहयोगको लागि उनले आभार व्यक्त गरेका छन् ।

संघका महासचिव विनोद लामिछानेले पनि थाइल्याण्डका विभिन्न शहरमा आपतमा पर्नु भएका व्यक्तिहरुले संघमा सम्पर्क राखेको र संघका शाखाहरुबाट संघबाट सक्दो प्रयास भएको बताए ।
संघको तर्फबाट भएको राहत प्रक्रियामा सहयोग गर्नुहुने सबैलाई उनले धन्यवाद दिए ।

थाइ नेपाली संघका अध्यक्ष कुमार कार्कीले पनि राहतका लागि विभिन्न व्यक्ति, संघ संस्थाबाट प्राप्त सहयोगका लागि थाइ नेपाली संघका तर्फबाट धन्यवाद दिए । विपत्तिको समय गईनसकेकोले राहत वितरणको कार्यमा संघले अझै पनि काम गरिरहेको उनको भनाइ छ ।

प्रकाशित : ४ असार २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह