Logo

Banner-news

ललितपुर महानगरपालिकाको बजेट कृषिमुखी, १० वटा वडामा कृषि पकेट क्षेत्र


GDP Nepal
   ११ असार २०७७, बिहिबार


ललितपुर । काठमाडौं महानगरपालिकासहित राजधानीका अन्य नगरपालिकामा सहरी क्षेत्र व्यवस्थापन निकै चुनौतीपूर्ण बनिरहेका बेला राजधानीभित्रकै दोस्रो महानगर ललितपुरको ध्यान भने कृषि उत्पादनतर्फ देखिएको छ ।

ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा १० वटा वडालाई कृषि पकेट क्षेत्रका रुपमा घोषणा गर्ने भएको छ । महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले आज आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वडा नं १८, २१, २२, २३, २४, २५, २६, २७, २८ र २९ मा उक्त पकेट क्षेत्र घोषणा गर्ने जानकारी दिएका छन् ।

महानगरपालिकाले हाल मुलुकमा दैनिक बढिरहेको कोभिड–१९ का कारण हुनसक्ने खाद्यान्न अभावलाई ध्यानमा राखी यसअघि मल तथा तरकारीको बीउबिजन वडावासीलाई अनुदानमा वितरण गरिसकेको र यी वडा महानगरका अन्य वडाभन्दा खुला र खेतीयोग्य ठाउँ रहेका बताइएको छ ।

महानगरपालिकाले घर भएका तर जग्गा जमिन नभएका वडावासीलाई कौशीखेती तथा एभोकाडो, ङ«यागन फुड र किबीलगायतका फलफूल खेती गर्न प्रोत्साहित गर्नुका साथै महानगरपालिकाभित्र फलफूल तथा तरकारीको बजारीकरणमा प्रवद्र्धन गर्नका लागि चिस्यान केन्द्र स्थापना गर्ने नीति पनि प्रस्तुत गरको छ ।

महानगरभित्रका घरेलु तथा साना उद्योगलाई समेत प्राथमिकतामा राखेर त्यसैअनुसारको कार्यक्रम ल्याउने, कोभिड विशेष नीतिअन्तर्गत आवश्यकताअनुसारको होल्डिङ सेन्टर निर्माण, कोभिड असर न्यूनीकरणका लागि मनोसामाजिक परामर्श, मेलमिलाप सचेतना कार्यक्रम सञ्चालन र कोभिड केन्द्र अस्पतालका रुपमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्ने प्रमुख महर्जनले बताए ।

महानगरपालिकाले ४ अर्ब ७९ करोड १५ लाख ६२ हजार ५१५ को बजेट प्रस्तुत गरेको छ ।

प्रकाशित : ११ असार २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह