Logo

Uncategorized

माछापुच्छ्रे बैंकको सीईओमा शर्मा


appharu
   २९ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सोमबारदेखि सुुमन शर्माले पदभार सम्हालेका छन् ।

२१ बर्षको बैंकिङ अनुभव भएका शर्माले नेपाल एसबीआई बैंकबाट बैंकिङ सुरु गरेका थिए । सोपश्चात् शर्माले एनएमबी बैंक र माछापुच्छ्रे बैंक हुदै नायव प्रमुख कार्यकारी अधिकृतका रूपमा ग्लोबल आईएमई बैंकमा प्रवेश गरेका थिए ।

माछापुच्छ्रे बैंकमा यसअघि शर्माले झन्डै ३ वर्ष नायव प्रमुखकार्यकारी अधिकृतका रूपमा कार्य गरेका थिए । बैंकिङ क्षेत्रका विभिन्न विषयहरूमा विज्ञता हासिल गरेका शर्मा कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिन्छन् । नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका शर्माले भौतिक शास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् ।

शर्मा महेन्द्र विद्याभूषण ९२०५४०, महेन्द्र विद्याभूषण ९२०६२०, तारापद चौधरी पदक जस्ता थुप्रै पदकबाट पनि सम्मानित भएका छन् ।

प्रकाशित : २९ जेष्ठ २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह