Logo

सूचना/प्रविधि

टेलिकमले स्प्रिङ अफरलाई समरमा बदल्यो, केही प्याकमा परिमार्जन


GDP Nepal
   १ श्रावण २०७७, बिहिबार


काठमाडौं । नेपाल टेलिकमले विभिन्न प्याकेज सहितको आकर्षक समर अफर उपलब्ध गराउने भएको छ । यसअघि नै उपलब्ध स्प्रिङ अफर अन्तर्गतका प्याकेजहरुलाई परिमार्जन गरी समर अफर उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।

समर अफर अन्तर्गतको सेवा साउन १ गते देखि ९० दिनसम्म उपलब्ध हुनेछ । पहिलेदेखि नै उपलब्ध केही प्याक यथावत राखिएको छ भने केही प्याकलाई परिमार्जन गरी थप ग्राहकमैत्री बनाइएको छ ।

जसअनुसार कम्पनीले युट्युब स्ट्रिमिङ डाटा प्याक अन्तर्गत २५ मा एक दिनका लागि १ जीबी डाटा उपलब्ध गराएको छ ।

सोसल मिडिया प्याक अन्तर्गत रु. १५ मा एक दिनका लागि २०० एमबी डाटा उपलब्ध हुनेछ । सोसल मिडिया प्याकमार्फत फेसबुक, ट्विटर, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिने छ ।

यस्तै, रातिको समयमा प्रदान गरिएको भ्वाइस प्याक यसअघि राती १० बजेदेखि बिहान ६ बजेसम्म मात्र उपलब्ध भएकोमा अब एक घण्टा बढाएर बिहान ७ बजेसम्म उपलब्ध गराइने छ । नाइट टाइम भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा उपलब्ध ६० मिनेटको भ्वाइस प्याक यथावत उपलब्ध छ भने १५ रुपैयाँमा ३ रातका लागि २०० मिनेट र ३० रुपैयाँ मा ७ रातका लागि ३५० मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ ।

यी प्याक राती १० बजे देखि बिहान ७ बजे सम्म प्रयोग गर्न सकिने छ ।

अल टाइम डाटा प्याक अन्तर्गत ३ दिन, ७ दिन र २८ दिनका लागि लिन सकिने प्याकमा केही परिमार्जन गरिएको छ । यसमा ६० रुपैयाँमा ३ दिनका लागि ४०० एमबी, १०० रुपैयाँ मा ७ दिनका लागि ८०० एमबी, २८० रुपैयाँमा २८ दिनका लागि २.५ जीबी, ५०० मा २८ दिनका लागि ७ जीबी र ८०० रुपैयाँमा २८ दिनकै लागि १६ जीबी डाटा उपलब्ध हुनेछ ।

प्रकाशित : १ श्रावण २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह