Logo

सत्तारुढ सांसदले नै बजेटको समर्थन नगर्ने, भन्छन्– राष्ट्र निर्माणको मार्गचित्र अाउन सकेन




काठमाडौं । सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारले ल्याएको बजेटको समर्थन गर्न नसकिने स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लबमा मंगलबार आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्यसमेत रहेका रायमाझाीले भने– पटक सरकारले हालै ल्याएको यो बजेटको समर्थन गर्ने आधार नै छैन ।

ट ल्याउन नसकेको आरोप लगाए । “बजेटमार्फत समग्र राष्ट्र निर्माणको मार्गचित्र आउनुपर्दथ्यो, तर यो बजेटले त्यस्तो महशुस गराउन सकेन, बजेटले जनतालाई उत्साहित बनाउन सकेको छैन,” उनले भने ।

सरकारले समृद्धिको कुरा गरेपनि अहिलेसम्म यसको कार्यशैली हेर्दा आफू त्यति सन्तुष्ट र उत्साहित नभएको उनले सुनाए । तर अझै आशावादी रहेको उनको भनाइ छ ।

मुलुक यतिवेला संविधान कार्यान्वयनको बाटोमा अघि बढिरहेकोले विकार र समृद्धिको लागि अहिले सरकारसँग पर्याप्त बहुमत र उपयुक्त वातावरण रहेको उनको भनाइ छ । उनले भने, “अहिलेको सरकारसँग दुई तिहाईभन्दा बढि बहुमत छ, काम गर्न सक्ने वातावरण छ, सरकारलाई कुनै बाधा तथा अड्चन छैन् ।”

प्रतिक्रिया दिनुहोस्