Logo

सूचना/प्रविधि

टेलिकममा टपअप र प्रिपेड सिम एक्टिभेट थप सहज


GDP Nepal
   १४ श्रावण २०७७, बुधबार


काठमाडौं । नेपाल टेलिकमले विभिन्न सेवाहरु सहित अब टपअप (रिचार्ज) गर्न र नयाँ प्रिपेड सिम एक्टिभेट गर्न नयाँ व्यवस्था ल्याएको छ ।

कम्पनीको जिएसएम मोबाइलबाट *412# डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिने र दिइएको नम्बर अनुसार छनौट गरी रिचार्ज गर्न मिल्ने जानकारी एक विज्ञप्ति जारी गरि नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले बताएका छन् ।

यो सुविधाबाट आफ्नो मात्र नभई अन्य जुनसुकै नम्बरमा समेत रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्न सकिन्छ । कम्पनीले उपलब्ध गराएका जीएसएम सेवा, सीडीएमए सेवा, ल्यान्डलाइन फोन सेवा, एफटीटीएच भ्वाइस सेवा, एफटीटीएच डाटा सेवा, एडीएसएल सेवा, वाइम्याक्स सेवा र सिप सेवाहरुको टपअप यूएसएसडी कोड प्रयोग गर्न सकिन्छ ।

त्यसैगरी नयाँ सिम सुचारु गर्न हाल १४१५ मा कल गरी फर्स्ट कल एक्टिभेसन (एफसीए)गर्दै आएकोमा ग्राहकको थप सुविधाका लागि कम्पनीले *1414# डायल गरी एफसीए गर्न सकिने व्यवस्था मिलाएको छ ।

नेपाल टेलिकम एप र कम्पनीको वेबसाइट (www.ntc.net.np) मार्फत टपअप गर्ने गरिएकोमा हाल उपलब्ध गराइएको नयाँ सुविधाबाट कम्पनीका अन्य सेवा टपअप लिन सकिने जनाएको छ ।

प्रकाशित : १४ श्रावण २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह