Logo

सूचना/प्रविधि

एनप्याब्सन र प्याब्सनसँग एनसेलको सहकार्यः अनलाइन कक्षाका लागि विशेष मासिक योजना


GDP Nepal
   १७ श्रावण २०७७, शनिबार


काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सनंं) र निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन) सँगको सहकार्यमा कोरोनाभाइरसको महामारीले गर्दा विद्यालयहरु बन्द भई अध्ययन अध्यापनमा असर परिरहेको हालको अवस्थामा अनलाइन कक्षा तथा सिकाइका लागि आकर्षक मासिक योजना ल्याएको छ ।

एनसेलले यो योजना अनलाइन कक्षाका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्ने एनप्याब्सन र प्याब्सनको समझदारीका आधारमा ल्याएको हो । यस सहकार्यले विद्यार्थी, शिक्षक÷शिक्षिका र विद्यालयलाई मोबाइल ब्रोडव्याण्डमा पहुँच सुनिश्चित गर्ने उद्देश्य लिएको छ ।

यस मासिक योजनामा विद्यार्थी तथाशिक्षक÷शिक्षिकाले भ्वाइस, डेटा र एसएमएसको बन्डल सेवा प्राप्त गर्दछन् । विद्यार्थीले करबाहेक मासिक २५० रुपैयाँमा अनलाइन कक्षाका लागि आवश्यक पर्ने जुम, गुगल मिट र माइक्रोसफ्ट टिम्स प्रयोगका लागि २० जिबी डेटा, १ जिबी थ्रिजी÷फोरजी डेटा, २ जिबीफोरजी डेटा, सीयूजी नम्बरमा कल गर्न हरेक दिन १२० मिनेट टकटाइम, ५० मिनेट अन नेट टकटाइम र ५० अन नेट एसएमएस सेवा प्राप्त गर्दछन् ।

एनप्याब्सन र प्याब्सनसँगको सहकार्यका बारेमा आफ्नो धारणा राख्दै एनसेलका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, “कोभिड–१९ ले शिक्षा क्षेत्र लगायत सबै क्षेत्रमा असर पारेको छ । साथै अध्ययनअध्यापनमा इन्टरनेट प्रविधिको प्रयोग बढेको छ । हामीसबै विस्तारै अबको ‘न्यु नर्मल’सँग अभ्यस्तभइरहेका बेलामा दूरशिक्षाआवश्यकता बनेको छ र यसले प्रविधि र अनलाइनशिक्षाको महत्व स्पष्ट रुपमादर्शाएको छ । देशको शिक्षा क्षेत्रमा डिजिटाइजेसन र इ–लर्निङमा योगदान पुर्याउनका लागि एनप्याब्सन र प्याब्सनसँग सहकार्य गर्ने अवसर पाएकोमा हामी हर्षित छौं ।”

एनप्याब्सन र प्याब्सनदुवै संस्थाले यो सहकार्यले विद्यार्थीहरुलाई डिजिटल माध्यमबाट इ–लर्निङमा सहयोग पुर्याउने बताएका छन् ।

एनप्याब्सनकाअध्यक्ष ऋतु राज सापकोटाले भने “विद्यालयहरुमा पठनपाठन कहिले देखि संचालनहुने निश्चितनभएको हालको अवस्थामाअनलाइन माध्यमबाट विद्यार्थी र शिक्षक÷शिक्षिकालाई अध्ययनअध्यापनमा सहयोग पुर्याउनकालागिएनसेलसँग यस विशेष योजनामाहातेमालो गर्न पाउँदाखुसी छौं ।”

“कोभिड–१९ ले निम्ताएको यस महामारीले हालको शिक्षण प्रणालीलाई नाटकीय ढंगले परिवर्तन गरिदिएको छ र सिकाइकालागिविश्वव्यापी रुपमानै भर्चुअललर्निङ्को ट्रेन्ड अप्रत्याशित रुपमा बढेको छ । विद्यालयहरुले हालकालागिभर्चुअल रुपमा नै कक्षाहरु संचालन गर्ने सरकारको नीतिमा यस सहकार्यले सहयोग पुर्याउने कुरामाहामीविश्वस्त छौं,” प्याब्सनकाअध्यक्ष टीकाराम पुरीले भने ।

यस सहकार्यअनुसार एनप्याब्सन र प्याब्सनको सिफारिस पत्रकाआधारमा सम्बन्धितविद्यालयकाविद्यार्थी, शिक्षक÷शिक्षिकाहरूले यो योजनाबाट फाइदालिन सक्छन् । सिमको स्वामित्वविद्यार्थी वा सम्बन्धित शैक्षिक संस्थाको नाममा राख्न सकिनेछ ।

प्रकाशित : १७ श्रावण २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह