Logo

सूचना/प्रविधि

अब ईसेवाबाटै ‘मेरो सेयर’ को एकाउन्ट नवीकरण


GDP Nepal
   १९ श्रावण २०७७, सोमबार


काठमाडौं । सेयर कारोबार गर्ने तथा आईपीओमा लगानी गर्ने लगानीकर्ताले ‘मेरो सेयर’ एकाउन्ट नवीकरणको भुक्तानी अब ईसेवाबाटै गर्न सक्ने भएका छन् ।

यसअघि डिम्याट एकाउन्ट नवीकरण तथा ब्रोकरको रकम अनलाइनबाट भुक्तानी गर्न सकिने सेवा दिइसकेको ईसेवाले मेरो सेयरको एकाउन्ट नवीकरण पनि अनलाइनबाटै गर्न सकिने सेवा सुरु गरेको हो ।

यससँगै मेरो सेयरको शुल्क भुक्तानीकै लागि विभिन्न क्यापिटलमा जानुपर्ने बाध्यताबाट लगानीकर्तालाई मुक्ति मिलेको छ । लगानीकर्ताले रियल टाइममै आफ्नो मेरो सेयर एकाउन्टको नवीकरण गर्न सकिने ईसेवाका सिनियर बिजनेस डेभलपमेन्ट अफिसर साजन महर्जनले बताए ।

ईसेवामा नेपालमा रहेका सबै क्यापिटल, सेयर ब्रोकर आवद्ध छन् ।

ईसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । यसबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।

ईसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट ईसेवामा सहजै रकम जम्मा गर्न तथा ईसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

प्रकाशित : १९ श्रावण २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह