Logo

सूचना/प्रविधि

सामसङ ग्यालेक्सी S-20+ मा २२ हजार छुट, छुटपछिको मूल्य १ लाख ५ हजार !


GDP Nepal
   २० श्रावण २०७७, मंगलबार


काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस ट्वेन्टी र एस ट्वेन्टी प्लसमा आकर्षक छुट अफर ल्याएको छ । क्यासब्याक अफर अन्तगर्त ग्यालेक्सी एस ट्वेन्टी प्लसको खरिद गर्दा ग्राहकले तत्काल २२ हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् भने ग्यालेक्सी एस ट्वेन्टीको हकमा भने १९ हजारको क्यासब्याक प्राप्त गर्ने जनाइएको छ ।

सामसङका अनुसार अब एस ट्वेन्टी प्लस १ लाख ४ हजार ९ सय ९९ रुपैयाँमा र एस ट्वेन्टी ९४ हजार ९ सय ९९ रुपैयाँमा पाइनेछ । यसअघि ग्यालेक्सी एस ट्वेन्टी प्लसको खरिद मूल्य १ लाख २६ हजार ९९९ रुपैयाँ तथा ग्यालेक्सी एस ट्वेन्टीको खरिद मूल्य १ लाख १३ हजार ९९९ रुपैयाँ रहेको थियो ।

यो योजना अगस्टदेखि लागू भइसकेको र सीमित अवधिको लागि मात्र लागू हुने जनाइएको छ ।

यी फोनमा ६४ मेगापिक्सलको क्यामरा, दुबै फोनमा उच्चस्तरीय फोटो खिच्नको लागि सेन्सर राखिएको छ । दुबै फोनमा ३०ह सम्मको जुम रहेको छ । सिङ्गल टेकले अनिवार्य रुपमा यसमा भएका सबै लेन्सहरुको प्रयोग आफ्नो रियर क्यामरामा गर्दछ ।

यसमा विभिन्न पाम्र्याटमा १० सेकेन्डसम्मको भिडियो खिच्न सकिने र जसले गर्दा उत्कृष्ट स्टाइल छनौट गर्न सहज हुन्छ र पुनः खिच्न आवश्यक हुँदैन ।

एस ट्वेन्ट संसारको पहिलो त्यस्तो स्मार्टफोन हो जसबाट एट के भिडियो रेकडिङ्ग सकिन्छ । नयाँ क्यामराको संरचनाले स्वतन्त्र रुपमा प्रभावशाली पार्टनरशिप्सको साथ, आफ्ना अनुभव सहज एवं उत्कृष्ट तरिकाबाट संसार सामू साट्ने सुविधा प्रदान गर्दछ ।

ग्यालेक्सी एस ट्वेन्टीले ८ के क्वालिटीको फोटो खिच्न सकिन्छ । साथै यसबाट ८ के क्वालिटिको भिडियो खिच्न सकिन्छ र जुन सामसङको क्यूएलइडी ८ के मा सहजै स्ट्रिमिङ्ग गर्न सकिन्छ ।

एस ट्वेन्टी कस्मिक ग्रे र क्लाउड ब्लु तथा एस ट्वेन्टी विभिन्न तीन रंगहरु कस्मिक ब्ल्ल्याक, कस्मिक ग्रे, क्लाउड ब्लुमा उपलब्ध रहेको छ ।

प्रकाशित : २० श्रावण २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह