Logo

Banner-news

कोरोनाबाट एक सातामै ३५ जनाको मृत्यु, मृतक संख्या ९५ पुग्यो


GDP Nepal
   २९ श्रावण २०७७, बिहिबार


काठमाडौं । मुलुकमा कोरोना भाइरसबाट एक सातामै ३५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएसँगै एक सातामा मृतकको संख्या ३५ पुगेको हो ।

गत २४ घन्टामा ५२५ जना संक्रमित पत्ता लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको २२ महिलासहित सङ्ख्या ९५ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २४ हजार ९५७ पुगेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले ८,०२५ जनामा सक्रिय सङ्क्रमण छ भने १६,८३७ जना भाइरसमुक्त भएका छन् ।

गएको २४ घण्टामा १० हजार ८५९ वटा पीसीआर परीक्षण गरिएको र यससँगै हालसम्म ४ लाख ८३ हजार ३८ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित : २९ श्रावण २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह