Logo

Banner-news

भदौ १५ सम्म काठमाडौंमा अघोषित लकडाउनः तीजमा मन्दिर जान नपाइने


GDP Nepal
   ३० श्रावण २०७७, शुक्रबार


काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ १५ गतेसम्म काठमाडौं उपत्यकामा धार्मिक, सामाजिक, साँष्कृतिक तथा अधिकांश आर्थिक गतिविधिमा पनि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । प्रशासनको यस्तो निर्णय लकडाउनजस्तै कडा हुने देखिन्छ ।

प्रशासनको निर्णयअनुसार खुला स्थानमा भेला हुन पाइने छैन भने भीडभाड गर्न र जुलुस गर्न पाइने छैन । यस्तै, जात्रा महोत्सव तथा धार्मिक गतिविधिमा पनि रोक लगाइएको छ । जसका कारण भदौ पहिलो साताको तीज पर्वसमेत प्रभावित हुनेछ । तीजको व्रत लिने महिलाले घरमै बस्नुपर्ने भएको छ ।

यस्तै, उद्योग व्यापारमा पनि स्वास्थ्य मापदण्डविपरीत कुनै काम कारबाही गर्न पाइने छैन । मापदण्डविपरीत श्रमिकको ओसारपसारमा समेत रोक लगाइएको छ । यस्तै, रेष्टुरेन्टमा बसेर खान पाइने छैन ।

सरकारले यसअघि नै एक जिल्लाबाट अर्को जिल्लामा जाने पास खारेज गरिसकेको छ ।

प्रकाशित : ३० श्रावण २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह