Logo

Banner-news

टेलिकमको आम्दानी सवा २ अर्ब घट्यो, यी हुन् मुख्य कारण


GDP Nepal
   ३२ श्रावण २०७७, आइतबार


काठमाडौं, १ भदौ । नेपाल टेलिकमको वार्षिक आम्दानी घटेको छ । अघिल्लो अर्थिक वर्षमा कम्पनीले कुल सेवावापत जम्मा ३६ अर्ब ८६ करोड ७५ लाख रुपैयाँ बराबरको आम्दानी गरेकोमा गत आवमा भने ३४ अर्ब ५७ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको आम्दानीमा ६.२ प्रतिशत अर्थात कुल २ अर्ब २९ करोडले कमी आएको पाइएको छ ।

कम्पनीका सेवाहरुमध्ये लिज्ड लाइन, एफटीटीएच तथा जीएसएम डाटाबाहेक अन्य सबै सेवाबाट प्राप्त हुने राजस्वमा कमी आएको कम्पनीले जनाएको छ । तुलनात्मक रुपमा लिज्ड लाइन र एफटीटीएच सेवा कम्पनीका अन्य सेवाहरु भन्दा निकै कम रहेको हुनाले यी सेवाबाट हुने राजस्वले अन्य सेवाबाट हुने राजस्वको कमीलाई परिपूर्ति गर्न नसक्ने अवस्था रहेको कम्पनीको भनाइ छ ।

कोरोना महामारीको प्रत्यक्ष असरबाट सेवा प्रयोगमा आएको उच्च गिरावटले गर्दा अघिल्लो वर्षको चौथो त्रैमासिकसम्मको तुलनामा चालू आवको सोही त्रैमासिकसम्म कम्पनीको सेवाबाट प्राप्त हुने राजश्व २ अर्ब २९ करोड २८ लाखले न्यून हुन गएको कम्पनीले जनाएको छ ।

कम्पनीले रिचार्ज कार्डको बिक्रीमा गत चैतदेखि कमिसनको सट्टा डिस्काउन्ट गणना गर्न सुरु गरेको तथा कूल विक्रीलाई हिसाब गरिसके पछि कमिसन प्रदान गरिने तर डिस्काउन्ट रिचार्ज कार्ड विक्री अघि प्रदान गरिने हुँदा डिस्काउन्टको कारणले सेवा वापतको आय घटेको कम्पनीको भनाइ छ ।
गत आवको तुलनामा चालू आवमा उक्त डिस्काउन्ट रकम ७९ करोड ३१ लाख ९१ हजार रुपैयाँले वृद्धि भएको टेलिकमले जनाएको छ । गत आवको चौथो त्रैमासिक सम्मको तुलना गर्दा डिस्काउन्ट रकम जोड्नुपर्ने र यसरी जोड्दा राजस्वमा ३.९ प्रतिशतले कमी हुने कम्पनीको भनाइ छ ।

यस्तै, फोरजी सेवाको विस्तारको कारणले गत आवको तेस्रो त्रैमासिक अवधिमध्येबाट राजस्व वृद्धि उन्मुख रहेकोमा कोभिड महामारीको प्रत्यक्ष असरले गर्दा अन्तर्राष्ट्रिय रोमिङ लगायत अन्य सेवामा आएको उच्च गिरावट आएको तथा ओटीटीको बढ्दो प्रयोग जस्ता कारणहरुले गर्दा जीएसएम तथा पीएसटीएन भ्वाइस सेवामा करिब २ अर्ब १६ करोड र अन्तर्राष्ट्रिय सेवामा करिब ५४ करोडको कमी अएको कम्पनीको दावी छ ।

तर, डाटा सेवातर्फको आम्दानी भने ७५ करोडले वृद्धि भएको कम्पनीको तथ्यांक छ । यी कारणहरुले गर्दा अघिल्लो आवको चौथो त्रैमासिक अवधिको तुलनामा गत आवको चौथो त्रैमासिक अवधिमा राजस्वमा करिब १५ प्रतिशत अर्थात १ अर्ब ९५ करोडले गिरावट आएको जनाइएको छ ।

चैत ११ देखि घोषणा गरिएको लकडाउन चौथो त्रैमासिकभर निरन्तर रहेको हुनाले व्यापार व्यवसायमा प्रत्यक्ष असर परेको उल्लेख गर्दै कम्पनीले सेवाको उपयोगमा आएको कमीले कम्पनीको राजस्वमा परेको नकारात्मक असरका अलावा महामारी र लकडाउनको समयमा कम्पनीका ग्राहकवर्गलाई कम्पनीका सेवा उपयोग गर्न समस्या नहोस् भन्ने हेतुले कम्पनीले टपअपमा शतप्रतिशत बोनस वापत ५३ करोड ४० लाखभन्दा बढी निशुल्क सेवा दिएकाले राजस्व घटेको दावी गरेको छ ।

यस्तै, मोबाइल डाटाको दरमा ३० प्रतिशतसम्म छुट दिँदा २२ करोड ८३ लाखभन्दा बढी तथा जीरो भ्यालु कलवापत ५ करोड ३० लाखभन्दा बढीको निःशुल्क सेवा दिएको हुनाले राजस्वमा प्रत्यक्ष असर गरेको कम्पनीको भनाइ छ ।

महामारीसँग सम्बन्धित रहेर नेपाल सरकारका निकायहरुको निर्देशन तथा नेपाल दूरसञ्चार प्राधिकरणको अनुरोधमा कम्पनीले निःशुल्क विभिन्न सेवा सुविधाहरु उपलव्ध गराएको उल्लेख गर्दै कम्पनीले सरकारले स्थापना गरेको कोरोना राहत कोषमा कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १० करोड योगदान गरेको जनाएको छ ।

कम्पनीका अनुसार वाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, फोरजी विस्तारसँगै घरभाडा, विजुली आदिको खर्चमा भएको वृद्धि, कर्मचारीको तलब वृद्धि, कर्मचारीलाई उपलव्ध गराइएको ऋण आदिको कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको हो ।

प्रकाशित : ३२ श्रावण २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह