Logo

Banner-news

कोरोना संक्रमितको संख्यामा दिनदिने नयाँ रेकर्डः ६४१ संक्रमित, उपत्यकामा १७२


GDP Nepal
   ३२ श्रावण २०७७, आइतबार


काठमाडौं । कोरोना संक्रमितको संख्यामा दिनदिने नयाँ रेकर्ड कायम हुन थालेको छ । आइतबार थप ६४१ संक्रमित पुष्टि भएकामध्ये काठमाडौं उपत्यकामा मात्र १७२ रहेका छन् । यस्तै, विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यससँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या १०४ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २६,६६० पुगेको छ।

मृत्यु हुनेमा पर्साका एक पुरुष र मोरङ्गकी एक महिला रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले ९,२२१ जनामा सक्रिय सङ्क्रमण छ भने १७,३३५ जना भाइरसमुक्त भएका छन्। त्यस्तै प्रदेश नं १ मा ९५८ जना, गण्डकी प्रदेशमा २८० जना, प्रदेश नं ५ मा ८२१ जना, कर्णाली प्रदेशमा २२२ जना र सुदूरपश्चिम प्रदेशमा ७८२ जना सक्रिय सङ्क्रमित रहेका छन्।

अन्य ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरूमा काठमाण्डू, मोरङ्ग, पर्सा, रौतहट र महोत्तरी रहेका छन्। गत २४ घण्टामा १२,२४७ वटा पीसीआर परीक्षण गरिएको छ। हालसम्म ५,१७,९०७ जनाबाट सङ्कलित नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

अहिले देशभरि क्वारन्टीनमा १५,२४३ जना छन्। आइसोलेशनमा ८,७२४ जना र होम आइसोलेशनमा ४९७ जना छन्। सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ मा ३,९६७ जना र वाग्मती प्रदेशमा २,१९१ जना रहेका छन्।

प्रकाशित : ३२ श्रावण २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह