Logo

Banner-news

आइसरको दक्षिण एसियाकै उत्कृष्ट डिलर अवार्ड बतास अर्गनाइजेसनलाई


GDP Nepal
   ११ भाद्र २०७७, बिहिबार


काठमाडौं । मुलुकको प्रतिष्ठित व्यावसायिक घराना बतास अर्गनाइजेसनले भारतको भोल्भो आइसर कमर्सियल भेइकल लिमिटेडले उत्कृष्ट डिलरको अवार्ड प्रदान गरेको छ । दक्षिण एसियाका डिलरहरुमध्ये उत्कृष्ठ डिलरको अवार्ड नेपालको बतास अर्गनाइजेसनले प्राप्त गरेको हो । बतास अर्गनाइजेसन अन्तर्गतको इष्टर्न एजेन्सी प्रालि आइसरको अधिकृत विक्रेता हो ।

कम्पनीले गत वर्ष हेभी ड्युटी ट्रक सेग्मेन्टमा सबैभन्दा बढी परिमाणमा बिक्री गर्न सफल भएवापत यो अवार्ड प्राप्त गरेको अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले जानकारी दिए । उनका अनुसार बतासले यो अवार्ड विश्वव्यापी प्रतिस्पर्धाबाट पाएको हो ।

बतास अर्गनाइजेसनले दक्षिण एसियाको उत्कृष्ट डिलरसँगै ‘हेभी ड्युटी ट्रक सेल्स इन ओभरसिज’ शीर्षकमा अवार्ड पाएको हो । बिहीबार आयोजित भर्चुअल कार्यक्रममार्फ यो अवार्डको घोषणा गरिएको जनाइएको छ ।

कार्यक्रममा बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले इस्टर्न मोटर्समार्फत आइसरलाई नेपाली बजारमा स्थापित गर्न सहयोग गर्ने सबै कर्मचारी तथा शुभेच्छुक र सहयात्रीप्रति कृतज्ञता प्रकट गरे । “यो प्रतिष्ठित अवार्ड प्राप्तिको खुसी म आइसर र इष्टर्न परिवारमा बाँड्न चाहान्छु,” अध्यक्ष बतासले भने, “हाम्रा सहकर्मीहरुको अथक प्रयास र कर्मशीलताबिना यो प्रतिष्ठत अवार्ड सम्भव थिएन ।”

प्रकाशित : ११ भाद्र २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह