Logo

Banner-news

लकडाउनमा विज्ञापन ८३% घट्यो, गोरखापत्रको आम्दानी दैनिक ५ लाखमा सीमित !


GDP Nepal
   १३ भाद्र २०७७, शनिबार


काठमाडौं । लकडाउनका समयमा विज्ञापन बजार एकैपटक ओरालो लाग्दा सबैजसो सञ्चारमाध्यम संकटमा परेका छन् । प्रेस काउन्सिल नेपालले गरेको एक अध्ययनअनुसार औषतमा ८० प्रतिशतभन्दा बढी विज्ञापन बजार खस्किएको छ ।

काउन्सिलले गरेको कोभिड–१९ बाट नेपाली मिडियामा परेको प्रभावसम्बन्धी अध्ययन
प्रतिवेदन–२०७७ मा नेपाल विज्ञापन संघ(आन)का अनुसार प्रदेश नं. १ मा छापामाध्यममा ८० प्रतिशत, टेलिभिजन र रेडियोमा ७० प्रतिशत विज्ञापन कटौती भएको छ ।

बागमती प्रदेशमा सञ्चारमाध्यमतर्फ समग्रमा ५० देखि ७० प्रतिशत विज्ञापन कटौती भएको छ । गण्डकी प्रदेशमा रेडियोतर्फ ७० प्रतिशत, टेलिभिजनतर्फ ८० प्रतिशत विज्ञापन कटौती भएको छ । प्रदेश नं. ५ मा छापामाध्यममा ७० प्रतिशत, रेडियोमा ५० प्रतिशत र टेलिभिजनमा ६० प्रतिशत विज्ञापन कटौती भएको छ ।

समग्रमा सबै प्रदेशहरूको वस्तुस्थिति आकलन तथा अध्ययन गर्दा छापामाध्यममा ८० प्रतिशत, रेडियोमा ७० प्रतिशत ,टेलिभिजनमा ६० प्रतिशत र अनलाइनमा ४५ प्रतिशत विज्ञापन कटौती भएको छ ।

काउन्सिलको प्रतिवेदनअनुसार लकडाउनको समयमा पनि गोरखापत्र दैनिक, नियमित प्रकाशित भयो । तर यसको सरदर दैनिक ३० लाख रुपियाँ बराबरको विज्ञापन घटेर ५ लाखमा झर्यो । अन्नपूर्ण र नयाँपत्रिका नियमित प्रकाशनमा रहे भने कान्तिपुर २०७६ चैत १८ बाट बन्द भएपनि चैत २४ बाट पुनः प्रकाशन सुरु भयो ।

यता, सामुदायिक रेडियो प्रसारक महासंघले २२४ वटा सामुदायिक रेडियोमा गरेको अध्ययनले रेडियोको ७५ प्रतिशत नियमित आम्दानी घटेको देखाएको छ । विज्ञापन, सूचना र कार्यक्रम उत्पादन प्रसारणको आम्दानीसमेत बन्दाबन्दीका कारण उठ्न सकेको छैन ।

लकडाउनमा सबैभन्दा बढी चलेका भनिएका अनलाइन पनि संकटबाट अछुतो रहेनन् । विभिन्न कर्पोरेट हाउसबाट प्राप्त हुने वार्षिक सम्झौता भएका विज्ञापनसमेत
लकडाउनपश्चात् धेरैले बन्द गरेका छन्, व्यावसायिक रूपमा चलेका केही अनलाइनका
सञ्चालकका अनुसार यतिबेला ६० देखि ७० प्रतिशत विज्ञापन कटौती भइसकेको छ ।

तर, आनले अनलाइनमा ४५ प्रतिशत विज्ञापन कटौती भएको उल्लेख गरेको छ ।

प्रकाशित : १३ भाद्र २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह