Logo

Banner-news

मास्कमा झन्डा राखेर राष्ट्रवादी भइन्नँ प्रधानमन्त्री ज्यू, झन्डाको दुरुपयोग रोक्नुस् !


GDP Nepal
   १६ भाद्र २०७७, मंगलबार


काठमाडौं । पूर्व परराष्ट्रमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झन्डा अंकित मास्कमा प्रयोग गरेर आफूलाई राष्ट्रवादी देखाउने प्रयास गरेको भन्दै आलोचना गरेका छन् ।

लोहनीले मास्क, टोपी वा दौरा सुरुवालमा नेपालको झन्डा राख्दैमा राष्ट्रवादी नभइने भन्दै यसलाई राष्ट्रिय झन्डाको दुरुपयोग पनि भनेका छन् । उनले कुशासन, भ्रष्टाचार रोकेर कोरोनापीडित नागरिकको घाउमा मल्हमपट्टी लगाउन पनि सुझाव दिएका छन् ।

पूर्वमन्त्री एवं राप्रपा नेता लोहनीले ओलीलाई दिएका पाँच सुझावः

तपाइँले लगाउने मास्कमा झन्डा राखेर तपाइँले आफू राष्ट्रवादी भन्ने सन्देश दिन खोजेको देखेँ । मास्क या टोपी या दौरा सुरुवालमा नेपालको झन्डा राखेर राष्ट्रवादी भइँदैन । यदी तपाइँले आफूलाई राष्ट्रवादी भन्ने हो भने हाललाई निम्न बमोजिम गर्नोस्:
(१) सरकारी प्रशासन, शिक्षण संस्थानहरु, न्यायालय तथा संवैधानिक अंगहरुमा नातावाद , कृपावाद, भागबन्डा र दलीयकरण हटाउँदै क्षमता र उत्कृष्टतालाई लागू गर्ने मान्यता कठोरताका साथ लागू गर्नोस् ।
(२) दिनदहाडै हवाइजहाजदेखि औषधि किन्नेसम्ममा भ्रष्टाचार र लुट गर्ने तपाइँका सहयोगीहरुलाई कानुनको दायरामा ल्याउने नैतिक साहस र इमान्दारी देखाउनुस् ।
(३) देशमा तपाइँको पार्टी र अन्य पार्टीका उच्च नेताहरुको सम्पत्ति जाँच गर्ने राष्ट्रिय आयोग घोषणा गर्नुस् ।
(४) आफूले पूरा गर्न नसक्ने या नजानेको कुरामा धेरै गफ नहाँक्नुस् । बेसार पानीले कोरोना भाग्छ भन्नेजस्ता कुरा गरेर देशको प्रधानमन्त्रीलाई हासोको पात्र नबनाउनुस् ।
(५) राष्ट्रियता मास्कमा छापेको झन्डामा होइन कोभिडको इमान्दारी र कुशल व्यवस्थापन मा देखिनुप¥यो, कोभिडपीडित जनतालाई राहतमा देखिनुप¥यो । भ्रष्टाचारीमाथि कठोर कारबाहीमा देखिनु प¥यो, आर्थिक अनुशासनमा देखिनु प¥यो । सरकारी न्यायमा देखिनु प¥यो ।
कृपया नेपाली झन्डालाई सस्तो प्रयोग नगर्नुस् ।

प्रकाशित : १६ भाद्र २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह