Logo

Banner-news

युरिया अभावमा निर्लज्ज सरकारः बंगलादेशले कहिले दिन्छ ? किसानले कहिले पाउँछन् ?


GDP Nepal
   १७ भाद्र २०७७, बुधबार


काठमाडौं । यस वर्ष मुलुकमा ९८ प्रतिशत खेतमा समयमै रोपाइँ सम्पन्न भएर कीर्तिमान कायम भएको छ । मौसमको अनुकुलताका कारण सिँचाइ सुविधा नभएका स्थानमा पनि समयमै रोपाइँ सम्भव हुन सक्यो ।

असार र साउनमा रोपेको धान हलक्कै बढिसकेको छ र पसाउने क्रम सुरु भएको छ । यही बेला धानमा रासायनिक मल आवश्यक पर्छ । तर, किसानसँग मल छैन । धान पसाउने बेलामा मल हालिएन भने त्यसले उत्पादकत्वमा असर गर्दछ ।

किसानलाई आवश्यक रासायनिक मल ल्याउन सरकार असफल बनेको छ । कृषि मन्त्रालयले त किसानसँग निर्लज्जतापूर्वक माफी नै मागिसकेको छ । अहिलेसम्म युरिया मल ल्याउने छाँटकाँट छैन बरु खेतबारी कमलो बनाउन रोपाइँपूर्व ल्याउनुपर्ने डीएपी मल वीरगन्ज आइपुगेको छ र त्यसको पनि कथा छुट्टै नै छ । वीरगन्ज ल्याइएको मल भिजेर पग्लिएको तथा कामै नलाग्ने अवस्थामा पुगेको छ ।

यता, समय घर्किसकेपछि सरकार बल्ल तातेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका प्रधानमन्त्री शेख हसिनालाई टेलिफोनमार्फत मल पैँचो मागेका छन् । बंगलादेशले युरिया मल दिने कि नदिने भन्ने टुंगो नलागिसके पनि सकारात्मक रहेको उनले बताएका छन् ।

प्रधानमन्त्री ओलीले ५० हजार टन युरिया मल पैँचोस्वरुप बालीको यही याममा उपलब्ध गराउन बंगलादेशसँग आग्रह गरे । यसले मल अभावप्रति गम्भीर रहेको भ्रम छर्न प्रधानमन्त्री सफल भए पनि त्यो मल कहिले नेपाल आइपुग्ने र कहिले किसानले पाउने भन्नेमा अन्योल छ । किसानले यो वर्ष युरिया मल पाउँछन् भन्नेमै संशय देखिन्छ ।

प्रकाशित : १७ भाद्र २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह