Logo

कर्पोरेट-बजार

प्रा. उपेन्द्र बहादुर प्रधानाङ्गलाई ईश्वरीलाल श्रेष्ठ स्मृति पुरस्कार


GDP Nepal
   १८ भाद्र २०७७, बिहिबार


काठमाडौं । वाणिज्यशास्त्रका गुरु ईश्वरीलाल श्रेष्ठको स्मृतिमा स्थापित पुरस्कार यस वर्ष प्रा. उपेन्द्र बहादुर प्रधानाङ्गलाई प्रदान गरिएको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायमा चार दशभन्दा बढी सेवा प्रदान गरेका प्रा. प्रधानाङ्गलाई यस वर्षको ईश्वरीलाल श्रेष्ठ स्मृति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका संयोजक प्रा. पुष्करराज बज्राचार्यले जानकारी दिए ।

६७ औं वाणिज्य दिवसका अवसरमा बुधबार आयोजित भर्चुअल कार्यक्रममा प्रधानाङ्गलाई यो पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो । यो पुरस्कार केही दिनभित्रै प्रा. प्रधानाङ्गलाई हस्तान्तरण गरिने प्रतिष्ठानले स्व. श्रेष्ठका सुपुत्र डा. प्रकाशलाल श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले स्व. श्रेष्ठ आफ्नो पनि गुरु भएको स्मरण गर्दै उनको शिक्षा र प्रेरणाकै कारण नेपालको आर्थिक विकासमा आफू र आफूजस्ता धेरै व्यक्तिले योगदान गर्न सकेको धारणा राखे ।

त्रिवि व्यवस्थापन संकायका डिन डिल्लीराम शर्माले मुलुकको व्यवस्थापन शिक्षामा स्व. श्रेष्ठको योगदानको चर्चा गरे । उनले व्यवस्थापन विषय अहिलेको अवस्थामा आइपुग्नुमा श्रेष्ठजस्ता अग्रजहरुको योगदान रहेको बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायत विभिन्न व्यक्तिको सहभागिता थियो । प्रा. डा. रजनी श्रेष्ठले स्व. श्रेष्ठका योगदानका विषयमा चर्चा गरेकी थिइन् ।

प्रतिष्ठानका संयोजक प्रा. पुष्करराज बज्राचार्यले प्रतिष्ठान स्थापना गरेर वाणिज्य तथा व्यवस्थापन शिक्षामा अग्रजहरुको सम्मान र नयाँ पुस्तालाई प्रेरणा पुर्याउने लक्ष्य राखिएको जानकारी दिए ।

प्रकाशित : १८ भाद्र २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह