Logo

Banner-news

अनुदार र संकीर्ण अर्थमन्त्री खतिवडा युगको अन्त्य, अर्थतन्त्रको भविष्य झनै अन्योलमा !


GDP Nepal
   १८ भाद्र २०७७, बिहिबार


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ । नेकपा सचिवालयको बैठकले राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

नेकपाको यो निर्णयसँगै अर्थमन्त्री डा. युवराज खतिवडाको निरन्तरताको सम्भावना टरेको छ । प्रधानमन्त्री ओलीले सचिवालयको निर्णय कार्यान्वयन गरे भने बर्दियाबाट संसदीय निर्वाचन हारेका गौतम राष्ट्रियसभा हुँदै संसद छिर्नेछन् । तर, उनलाई अर्थमन्त्री बनाउन प्रधानमन्त्री तयार हुन्छन् कि हुँदैनन् भने अनिश्चित छ ।
यद्यपि, खतिवडाको बहिर्गमन बलियो बन्दै जाँदा नेकपाभित्र र निजी क्षेत्रमा पनि खुसीयाली छाएको छ । तर, खतिवडाको विकल्पमा आउने जो कोहीले पनि अहिलेको चुनौती सामना गर्नसक्ने सम्भावना भने देखिँदैन ।

खतिवडाले भने अनुदार र संकीर्ण अर्थमन्त्रीको पगरी भिरेर सिंहदरबारबाट बिदा हुँदैछन् ।

प्रकाशित : १८ भाद्र २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह